भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्य"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलमा जातिगत आलोचना भएपछी जजले फेरिदिए चारै जनाको थर

१५ भाद्र २०७४, बिहीबार १८:०९

भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्यक्रमका जज (निर्णायक) काली प्रसाद बास्कोटाले चारै जना प्रतियोगीहरुको थर फेरिदिएका छन् । बास्कोटाले हामी सबै नेपाली भएको भन्दै सबै प्रतियोगीहरुको नाम उच्चारण गर्दै नामको पछाडी नेपाली जोडिदिएका हुन्। उनले क्रमश चारै जना प्रतीश्पर्धिहरु तर्फ इशारा गर्दै भने – 'प्रताप दास 'नेपाली' निसान भट्टराई 'नेपाली', बुद्ध लामा 'नेपाली', सागर आले 'नेपाली'।

आजको कार्यक्रममा नेपाल आइडललाई बिबादित बनाएर राजनीतिको नमिठो अभ्यास गायन क्षेत्रमा गरिएको बताइएको छ । त्यस्तै आजको कार्यक्रममा गत कार्यक्रममा अथिति जजको रुपमा आउनुभएका गायक रामकृष्ण ढकाललाई बिनासित्ति बिबादित बनाउने प्रयास भएको बताइएको छ । यस बिषयमा बोल्दै गायक राजेश पायल राईले गायक ढकालले कुनै गलत काम नगरेको भन्दै एउटा अभिव्यक्तिकै कारण उनको योगदान बिर्सन नहुने बताए । उनले भने नेपालमा गायन क्षेत्रमा कुनै जाति गत विभेद नभएको भन्दै त्यसमा पनि जातिगत कुरा घुसाइएको बताए ।

पछिल्लो समय नेपाल आइडलमा प्रतियोगीको रुपमा देखा परेका ४ जना प्रतिष्पर्धीहरुलाई जातिगत आधार हेर्दै बिभिन्न सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी भएपछी कार्यक्रममा त्यस बिषयमा पटक-पटक सन्दर्भ उठाइएको थियो ।

नेपाल आइडलले यस अघि सामाजिक संजाल मार्फत एक स्टाटसमा यो विशुद्ध प्रतियोगितात्मक कार्यक्रम भएकाले यसमा बिरोध गर्न नहुने तथा प्रतियोगी मध्ये कसैले नियम बिपरित गर्न खोजे शो बाट हटाउनसम्म सक्ने चेतावनी समेत दिएको थियो । 

आजको कार्यक्रममा ४ जना प्रतियोगीहरुले २/२ फरक प्रस्तुती दिएका थिए । प्रतियोगीहरुले आफ्नो गायनसंगै आफ्नो लागि भोट समेत मागे । कार्यक्रममा आज निसान भट्टराई 'पर्फर्मर्स अफ द डे' बन्न सफल बनेका छन् । यस संगै नेपाल आइडलको टप -४ को लागि शुक्रबार दिनको १२ बजेसम्मको लागि भोटिङ खुलेको छ । दर्शकले टप-4 मा रहेका प्रतियोगीहरुलाई बढी भन्दा बढी भोट दिएर जिताउन सक्छन् । भोटकै आधारमा शुक्रबार बेलुका हुने कार्यक्रममा १ जनाले नेपाल आइडलबाट बाहिरिनुपर्ने हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही