भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्य"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलमा जातिगत आलोचना भएपछी जजले फेरिदिए चारै जनाको थर

२०७४, १५ भाद्र बिहीबार १८:०९

भदौ १५, काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएपछी आज भएको कार्यक्रमका जज (निर्णायक) काली प्रसाद बास्कोटाले चारै जना प्रतियोगीहरुको थर फेरिदिएका छन् । बास्कोटाले हामी सबै नेपाली भएको भन्दै सबै प्रतियोगीहरुको नाम उच्चारण गर्दै नामको पछाडी नेपाली जोडिदिएका हुन्। उनले क्रमश चारै जना प्रतीश्पर्धिहरु तर्फ इशारा गर्दै भने – 'प्रताप दास 'नेपाली' निसान भट्टराई 'नेपाली', बुद्ध लामा 'नेपाली', सागर आले 'नेपाली'।

आजको कार्यक्रममा नेपाल आइडललाई बिबादित बनाएर राजनीतिको नमिठो अभ्यास गायन क्षेत्रमा गरिएको बताइएको छ । त्यस्तै आजको कार्यक्रममा गत कार्यक्रममा अथिति जजको रुपमा आउनुभएका गायक रामकृष्ण ढकाललाई बिनासित्ति बिबादित बनाउने प्रयास भएको बताइएको छ । यस बिषयमा बोल्दै गायक राजेश पायल राईले गायक ढकालले कुनै गलत काम नगरेको भन्दै एउटा अभिव्यक्तिकै कारण उनको योगदान बिर्सन नहुने बताए । उनले भने नेपालमा गायन क्षेत्रमा कुनै जाति गत विभेद नभएको भन्दै त्यसमा पनि जातिगत कुरा घुसाइएको बताए ।

पछिल्लो समय नेपाल आइडलमा प्रतियोगीको रुपमा देखा परेका ४ जना प्रतिष्पर्धीहरुलाई जातिगत आधार हेर्दै बिभिन्न सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी भएपछी कार्यक्रममा त्यस बिषयमा पटक-पटक सन्दर्भ उठाइएको थियो ।

नेपाल आइडलले यस अघि सामाजिक संजाल मार्फत एक स्टाटसमा यो विशुद्ध प्रतियोगितात्मक कार्यक्रम भएकाले यसमा बिरोध गर्न नहुने तथा प्रतियोगी मध्ये कसैले नियम बिपरित गर्न खोजे शो बाट हटाउनसम्म सक्ने चेतावनी समेत दिएको थियो । 

आजको कार्यक्रममा ४ जना प्रतियोगीहरुले २/२ फरक प्रस्तुती दिएका थिए । प्रतियोगीहरुले आफ्नो गायनसंगै आफ्नो लागि भोट समेत मागे । कार्यक्रममा आज निसान भट्टराई 'पर्फर्मर्स अफ द डे' बन्न सफल बनेका छन् । यस संगै नेपाल आइडलको टप -४ को लागि शुक्रबार दिनको १२ बजेसम्मको लागि भोटिङ खुलेको छ । दर्शकले टप-4 मा रहेका प्रतियोगीहरुलाई बढी भन्दा बढी भोट दिएर जिताउन सक्छन् । भोटकै आधारमा शुक्रबार बेलुका हुने कार्यक्रममा १ जनाले नेपाल आइडलबाट बाहिरिनुपर्ने हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा