भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चा"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को बाहिरिएला भन्दै नेपाल आइडल हेरेका लाखौँ दर्शकहरु नमज्जाले झुक्किए !

२०७४, १६ भाद्र शुक्रबार १६:५०

भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चार प्रतिष्पर्धी निसान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास मध्ये आज एक जना नेपाल आइडलबाट बाहिरिने भन्दै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु कार्यक्रमको अन्त्यमा चारै जनालाई फाइनलसम्म लाने निर्णायकहरुको निर्णयले झूक्कीएका हुन् । 

आजको कार्यक्रम गीतकार बसन्त चौधरीको 'शान्ति लुकाउँ कहाँ…' बोलको गीतबाट नेपाल आइडलका चारै जना प्रतिष्पर्धीको साथ सुरु गरिएको थियो । कार्यक्रमको सुरुवातसँगै निसान भट्टराईको सुरुवातमा अर्का प्रतिश्पर्धी बुद्ध लामाले 'मलाई दिईसकेको दिल…' बोलको गित प्रस्तुत गरेका थिए ।

त्यसपछि नेपाल आइडलमा भदौ २३ गते रिलिज हुने चलचित्र '२ रुपैयाँ' को प्रमोसनको लागि नेपाल आइडलको स्टेजमा चलचित्रका नायक द्वय निश्चल बस्नेत र आशिक साह देखा परे । स्टेजमा निश्चलले चलचित्रको अत्यन्त ख्यातीप्राप्त गित 'कुटुमा कुटु सुपारी दाना..' बोलको गित गाए भने आशिकले आफुले चलचित्र दुईरुपयाँमा नाचेको बिषयलाई रमाइलो रुपमा प्रस्तुति दिएका थिए । 

कार्यक्रममा त्यसलगत्तै सागर आलेको सुरुवातमा निसान भट्टराईले 'गुलाबको फुल भन्थें…' बोलको गीत प्रस्तुत गरे । त्यसपछि कार्यक्रममा सागर आलेको सुरुवातिमा प्रताप दासले 'आउ-आउ…आउ न…' बोलको गितमा प्रस्तुति दिए । 

त्यस्तै बुद्ध लामाको सुरुवातीमा प्रताप दासले 'मेरी प्रिया  …' बोलको गीत पुरा गरे । यति खेरसम्म कार्यक्रममा क-कसले कम भोट पाएका छन् भन्नेबारे कुनै खुलाशा गरिएन । प्रतिष्पर्धीहरुको आग्रहमा कार्यक्रममा चार जना मात्र प्रतिष्पर्धी रहेकाले बटम -3 मा को-को परे भन्ने बिषयमा खुलाशा नगरिएको बताइएको थियो ।

कार्यक्रमको अन्त्यतिर मात्र नतिजाको बिषयमा यस्तो खुलाशा भयो । जसमा नेपाल आइडलका जजहरुको निर्णयमा 'नो एलिमिनेसन' घोषणा गरियो । जसको कारण प्रतिष्पर्धी चारै जनालाई फाइनलमा लागिएको छ । 

नेपाल आइडलको Top-4 को आजको कार्यक्रमको लागि मात्र आ-आफ्नो मनपरेका प्रतिष्पर्धी (४ जना) को लागि ३७ लाख २० हजार २८४ मत आएको थियो । 

यसैबीच नेपाल आइडलको कतारमा हुने फाइनलमा टप-१२ प्रतिष्पर्धीको प्रस्तुति हेर्न सकिने भएको छ । साथै एपी-1 टेलिभिजनमार्फत विश्वभर प्रत्यक्ष प्रशारण हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा