भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चा"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को बाहिरिएला भन्दै नेपाल आइडल हेरेका लाखौँ दर्शकहरु नमज्जाले झुक्किए !

१६ भाद्र २०७४, शुक्रबार १६:५०

भदौ १६, काठमाडौँ | नेपाल आइडलको टप-4 मध्ये आजको कार्यक्रमबाट को बाहिरिएला भनेर निकै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु अन्त्यमा नमज्जाले झुक्किएका छन् । चार प्रतिष्पर्धी निसान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दास मध्ये आज एक जना नेपाल आइडलबाट बाहिरिने भन्दै उत्सुक भएर टेलिभिजन हेरेका दर्शकहरु कार्यक्रमको अन्त्यमा चारै जनालाई फाइनलसम्म लाने निर्णायकहरुको निर्णयले झूक्कीएका हुन् । 

आजको कार्यक्रम गीतकार बसन्त चौधरीको 'शान्ति लुकाउँ कहाँ…' बोलको गीतबाट नेपाल आइडलका चारै जना प्रतिष्पर्धीको साथ सुरु गरिएको थियो । कार्यक्रमको सुरुवातसँगै निसान भट्टराईको सुरुवातमा अर्का प्रतिश्पर्धी बुद्ध लामाले 'मलाई दिईसकेको दिल…' बोलको गित प्रस्तुत गरेका थिए ।

त्यसपछि नेपाल आइडलमा भदौ २३ गते रिलिज हुने चलचित्र '२ रुपैयाँ' को प्रमोसनको लागि नेपाल आइडलको स्टेजमा चलचित्रका नायक द्वय निश्चल बस्नेत र आशिक साह देखा परे । स्टेजमा निश्चलले चलचित्रको अत्यन्त ख्यातीप्राप्त गित 'कुटुमा कुटु सुपारी दाना..' बोलको गित गाए भने आशिकले आफुले चलचित्र दुईरुपयाँमा नाचेको बिषयलाई रमाइलो रुपमा प्रस्तुति दिएका थिए । 

कार्यक्रममा त्यसलगत्तै सागर आलेको सुरुवातमा निसान भट्टराईले 'गुलाबको फुल भन्थें…' बोलको गीत प्रस्तुत गरे । त्यसपछि कार्यक्रममा सागर आलेको सुरुवातिमा प्रताप दासले 'आउ-आउ…आउ न…' बोलको गितमा प्रस्तुति दिए । 

त्यस्तै बुद्ध लामाको सुरुवातीमा प्रताप दासले 'मेरी प्रिया  …' बोलको गीत पुरा गरे । यति खेरसम्म कार्यक्रममा क-कसले कम भोट पाएका छन् भन्नेबारे कुनै खुलाशा गरिएन । प्रतिष्पर्धीहरुको आग्रहमा कार्यक्रममा चार जना मात्र प्रतिष्पर्धी रहेकाले बटम -3 मा को-को परे भन्ने बिषयमा खुलाशा नगरिएको बताइएको थियो ।

कार्यक्रमको अन्त्यतिर मात्र नतिजाको बिषयमा यस्तो खुलाशा भयो । जसमा नेपाल आइडलका जजहरुको निर्णयमा 'नो एलिमिनेसन' घोषणा गरियो । जसको कारण प्रतिष्पर्धी चारै जनालाई फाइनलमा लागिएको छ । 

नेपाल आइडलको Top-4 को आजको कार्यक्रमको लागि मात्र आ-आफ्नो मनपरेका प्रतिष्पर्धी (४ जना) को लागि ३७ लाख २० हजार २८४ मत आएको थियो । 

यसैबीच नेपाल आइडलको कतारमा हुने फाइनलमा टप-१२ प्रतिष्पर्धीको प्रस्तुति हेर्न सकिने भएको छ । साथै एपी-1 टेलिभिजनमार्फत विश्वभर प्रत्यक्ष प्रशारण हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता