भदौ १८, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार राजधानीको राष्ट्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १८, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार राजधानीको राष्ट्रि"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई दर्जन बढी कलाकारलाई संगीतकर्मि संघको सम्मान

१८ भाद्र २०७४, आईतवार १२:२४


भदौ १८, काठमाडौं । बिगतका बर्ष जस्तै यसबर्षपनि ‘राष्ट्रिय संगीतकर्मि संघ’ले बिभिन्न दुईदर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार राजधानीको राष्ट्रिय नाँचघरमा एक कार्यक्रमका बिच ३३ जना कलाकारहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा दर्जनबढी समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।

गायक प्रकाश कटुवाल, रबिन लामिछाने, सागर गुरुङ, अमृत खाती, दिपेन्द्र सिटौला, चन्द्र प्र. भट्टराई, सरिता शाही, निरु कार्की, गीता शाही, रुपक थापा, सुमित्रा लामा, प्रेम अर्याल, बिशाल रायमाझि, कृष्ण रेउले, एलिना रायमाझि, दिपसागर थापा, सुजन लम्साल, निरु पराजुली, सुमन परियार लगायतका कलाकारहरुलाई कार्यक्रममा प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा पुर्व गृहमन्त्री बामदेव गौतमको हातबाट सम्मान पत्र प्रदान गरिएको थियो । 


प्रमुख अतिथि गौतमले नेपालमा तथा विश्वमै कलाकारहरुलाई जहाँपनि सम्मान गर्ने र नेताहरुलाई जहाँपनि हेला गर्ने भन्दै नेताहुनु नराम्रो धारणा दिएका थिए । तर सबैको मन एकैनहुने र कतिलाई नेता र नेतृत्व मनपर्ने पनि बताएका थिए । ‘कलाकारहरुलाई पनि नेता मन पर्दो रहेछ त्यसैले त मलाई कार्यक्रमसम्म प्रमुख अतिथिको रुपमा बोलाइदिनुभयो ।’, गौतमले भने । आयोजक संस्था ‘राष्ट्रिय संगीतकर्मि संघ’का अध्यक्ष गायक नवराज घोरासैनीले आफ्नो संघले गीतसंगीतको क्षेत्रमा सदैव राम्रो काम गर्दै आएको र बिशेषतः नयाँ प्रतिभाहरुलाई स्वागत गर्दै गीतसंगीतको क्षेत्रलाई फराकिलो बनाउने उद्देश्य रहेको बताएका थिए । उनले प्रत्येक बर्ष गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका कलाकारहरुलाई सम्मान गर्दै आएको पनि बताएका थिए ।

त्यस्तै कार्यक्रमका संयोजक दुलालले पनि आफ्नो र संघको सम्पुर्ण सदस्यसाथीहरुको प्रयासबाट कार्यक्रम सफल भएको र स्रष्टाहरुलाई सम्मान गर्नपाउँदा खुसी लागेको बताएका थिए । कार्यक्रममा गीतसंगीतक्षेत्रका पुराना तथा नयाँ कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ