असोज १, काठमाडौं । शेर्पा भाषाको चलचित्र 'टिन्छेन फमा'को सम्पुर्ण निमार्ण कार्य सम्पन्न भएको छ । 

शेर्पा संचार समुह नेपालको सभाहल बौद्घ, काठम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १, काठमाडौं । शेर्पा भाषाको चलचित्र 'टिन्छेन फमा'को सम्पुर्ण निमार्ण कार्य सम्पन्न भएको छ । 

शेर्पा संचार समुह नेपालको सभाहल बौद्घ, काठम"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेर्पा भाषाको चलचित्र ‘टिन्छेन फमा’को निमार्ण कार्य सम्पन्न

१ आश्विन २०७४, आईतवार १५:१७


असोज १, काठमाडौं । शेर्पा भाषाको चलचित्र 'टिन्छेन फमा'को सम्पुर्ण निमार्ण कार्य सम्पन्न भएको छ । 

शेर्पा संचार समुह नेपालको सभाहल बौद्घ, काठमाडौंमा  पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रम मार्फत उक्त जानकारी गराईएको हो । शेर्पा म्यूजिक वल्र्ड प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्र टिन्छेन फमाको लेखन तथा निर्देशन आङङिमा शेर्पा कुङगाले गरेकी हुन । 

कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरु बाट सामुहिक रुपमा चलचित्रको पोष्टर सार्बजनिक गरिएको थियो । चलचित्र शेर्पा भाषा, संस्कृति जोगाउन अभिभावकको भूमिका कस्तो हुन्छ भन्ने बिषयलाई समेटेर निर्माण भएको निर्देशक शेर्पाले जानकारी दिइन । 

कार्यक्रमका प्रमुख अतिथि एबम् आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले देशको मौलिक पहिचान जोगाउने प्रमुख माध्यम भनेको आदिबासी चलचित्रनै रहेको दाबी गरे साथै शेर्पा समुदायको भाषा संस्कृती प्रबद्र्घन गर्न चलचित्र टिन्छेन फमाले महत्वपुर्ण भुमिका निबार्ह गर्ने पनी बिश्वास ब्यक्त गरे । 

कार्यक्रमका महासंघका अध्यक्ष सुनुवार लगाएत चलचित्र बिकास वोर्डका अधिकृत आनन्द घिमिरे, नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बरिष्ठ गायक लाक्पा शेर्पाले शुभकामना मन्तब्य राखेका थिए ।

चलचित्रमा कुङगा शेर्पा, छोङवा शेर्पा, सोनाम याङजी शेर्पा, छिरिङ् डोल्मा शेर्पा लगाएत कलाकारको मुख्य भुमिका रहेको छ । भने तेन्जिङ् शेर्पा, कुङगा शेर्पा, छोङवा शेर्पा, आङ ङिमा शेर्पा कुङगा चलचित्रका निर्माता रहेका छन् । चलचित्रमा अभिनय गरेका कलाकार तथा निर्मातालाई आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार मार्फत प्रमाण पत्र  प्रदान गर्दै सम्मान गरिएको थियो ।

चलचित्र टिन्छेन फमा यही असोज २६ गते नेपालको गोपिकृष्ण हल हुदैं  देश तथा बिदेशमा  प्रदर्शन गर्ने निर्देशक कुङगा ङिमा शेर्पाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही