३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्ध लामाले पाए साढे ४ करोड भोट, निसान र प्रतापको कति-कति ?

६ आश्विन २०७४, शुक्रबार २०:४८

असोज ७, काठमाडौँ | पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । आज मध्य राति भएको ग्र्याण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा बुद्द्ध लामा नेपाल आइडल बनेका हुन् ।

एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता लामाले सर्वाधिक साढे ४ करोड भोट पाएका छन् । 

आज दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको बिशेष कार्यक्रमा नेपाल आइडलका निशान भट्टराई फस्ट रनरअप र प्रताप दास सेकेन्ड रनरअप भएका हुन् ।

कसलाई कति भोट ? 

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि कुल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको मध्ये बुद्धले मात्र ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गरेका छन् ।

 त्यस्तै प्रतियोगितामा फस्ट रनरअप अर्थात दोश्रो बन्न सफल उर्लाबारीका निसान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेका छन् । 

त्यस्तै ललितपुरका प्रताप दासले सबैभन्दा कम अर्थात १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका छन् ।  

बिजेताले के-के पाए पुरष्कार ? 

आइडलका विजेताले बुद्ध लामाले २० लाख रुपैयाँ सहित महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । उनलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे। त्यस्तै सेकेन्ड रनरअप बनेका निसान भट्टराईले १५ लाख रुपैयाँ पाएका छन् । त्यस्तै आइडलको सेकेन्ड रनर अप बनेका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् । 

कतारमा आयोजना भएको ग्राण्ड फिनालेमा हजारौं नेपाली दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

नेपालमा भने टेलिभिजनमा नेपाल आइडलको लाइभ हेरेर रमाइलो गर्न भनि बसेका दर्शक सहित ठुलो पर्दामा प्रोजेक्टरबाटै नेपाल आइडल हेर्न बनेकाहरु निरास बने । नेपाल आइडलको कतारमा हुने कार्यक्रम लाइभ दिने भनिए पनि प्राविधिक कारण देखाईएन । जसको कारण मध्य राति १ बजेसम्म पनि दर्शकहरुले टेलिभिजन खोले तर नेपाल आइडल हेर्न भने पाएनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही