२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्ध लामाले पाए साढे ४ करोड भोट, निसान र प्रतापको कति-कति ?

२०७४, ६ आश्विन शुक्रबार २०:४८

असोज ७, काठमाडौँ | पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । आज मध्य राति भएको ग्र्याण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा बुद्द्ध लामा नेपाल आइडल बनेका हुन् ।

एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता लामाले सर्वाधिक साढे ४ करोड भोट पाएका छन् । 

आज दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको बिशेष कार्यक्रमा नेपाल आइडलका निशान भट्टराई फस्ट रनरअप र प्रताप दास सेकेन्ड रनरअप भएका हुन् ।

कसलाई कति भोट ? 

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि कुल ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको मध्ये बुद्धले मात्र ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गरेका छन् ।

 त्यस्तै प्रतियोगितामा फस्ट रनरअप अर्थात दोश्रो बन्न सफल उर्लाबारीका निसान भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेका छन् । 

त्यस्तै ललितपुरका प्रताप दासले सबैभन्दा कम अर्थात १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका छन् ।  

बिजेताले के-के पाए पुरष्कार ? 

आइडलका विजेताले बुद्ध लामाले २० लाख रुपैयाँ सहित महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । उनलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे। त्यस्तै सेकेन्ड रनरअप बनेका निसान भट्टराईले १५ लाख रुपैयाँ पाएका छन् । त्यस्तै आइडलको सेकेन्ड रनर अप बनेका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् । 

कतारमा आयोजना भएको ग्राण्ड फिनालेमा हजारौं नेपाली दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

नेपालमा भने टेलिभिजनमा नेपाल आइडलको लाइभ हेरेर रमाइलो गर्न भनि बसेका दर्शक सहित ठुलो पर्दामा प्रोजेक्टरबाटै नेपाल आइडल हेर्न बनेकाहरु निरास बने । नेपाल आइडलको कतारमा हुने कार्यक्रम लाइभ दिने भनिए पनि प्राविधिक कारण देखाईएन । जसको कारण मध्य राति १ बजेसम्म पनि दर्शकहरुले टेलिभिजन खोले तर नेपाल आइडल हेर्न भने पाएनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा