३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायिका प्रतिक्षा खड्काको फराकिलो मन, अपांग अनाथलाई सहयोग गर्दै मनाइन् जन्मदिन

२ मंसिर २०७४, शनिबार ०८:२६

मंसिर २, काठमाडौं । नव–नायिका प्रतिक्षा खड्काले आज आफ्नो जन्मदिन मनाएकी छिन् । समाजसेवा गर्न मन पर्ने बताउने उनले अपांग बालबालिकाहरुलाई सहयोग गर्दै जन्मदिन मनाएकी हुन् । 

काठमाडौंको गोकर्णस्थित ‘संयुक्त अपांग एकता आवाज केन्द्र’मा चामल, चाऊचाऊ जस्ता अत्यावसेक खाद्यान्न सहयोग गरेकी हुन् । उक्त संस्थामा रहेको जम्मा ४२ अनाथ तथा अपांग बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाउन पाउदा निकै खुसी लागेको नायिका प्रतिक्षा बताउछिन् । ‘मलाई कुनै पनि सामाजिक कार्य गर्न एकदम मन पर्छ, त्यसैले पनि जन्मदिनको अवसरमा सहयोग गरेकी हुँ।’, यो भन्दाअघि पनि उनले बाढिपहिरोमा परेकाहरुलाई सहयोग गर्दै पनि आएकी थिइन् ।


धेरैले पार्टी समारोहमा गरेर आफ्नो जन्मदिन मनाउँछन् तपाईलाई त्यतातिर ध्यान गएन ? भन्ने हाम्रो प्रश्नमा नायिका प्रतिक्षा भन्छिन्, ‘साथीभाईसँग पार्टी गरेर, रमाइलो गरेर छिनभरका लागी रमाइलो हो तर मनको शान्ति यसरी नै सहयोग गर्न पाउँदा हुन्छ ।’ प्रतिक्षासँगै उनकी आमा पुर्ण कुमारी खड्का पनि उपस्थित थिइन् ।

‘संयुक्त अपांग एकता आवाज केन्द’ का अध्यक्ष तिल बहादुर कार्कीले पनि आफ्नो सामाजिक संस्थामा यसरी नै थुप्रै सहयोगी मनहरु आइरहने जानकारी दिए । 


बिभिन्न कलाकार तथा समाजसेवीहरुको सानो–सानो सहयोगले पनि कसैको जीवनमा ठुलो सहयोग हुने उनी बताउछन् । ‘पछिल्लो समय धेरे कलाकारहरु आफ्नो जन्मदिनको दिन, त्यसैगरी अन्य बेलामा पनि केहि न केहि सहयोग गर्न आउनुहुन्छ । अनाथ अपांग बालबालिकाहरुसँग केहिबेर बसेर जानुहुन्छ त्यो नै ठुलो कुरा हो हाम्रो लागी ।’, अध्यक्ष कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ