३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बृहत सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शुरु

२३ मंसिर २०७४, शनिबार ०४:०२

चिसाङ शेर्पा/मंसिर २३, खोटाङ । खोटाङमा सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ शनिवारबाट शुरु भएको छ । 

जिल्लाको हकमा ठूलो धनराशी भएको खोटाङ आईडल साकेला गाउँपालिकाको रतन्छाबाट शुरु हुदैछ । बिहान ११ बजेवाट सुरुवात हुने सांगितिक रियालिटी शोमा बिसजना संगीत पारखीहरुले फर्म भरेका छन् । 

संगीतमा रुचि भएकाहरुले कार्यक्रम शुरु हुने दिनमा समेत उत्साहजनक तवरमा फर्म भरीरहेका आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले जनाएको छ । हालसम्म जिल्लाभरीको रेर्कड अनुसार सयौंले सहभागिताका लागि आवेदन दिएका छन् । सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्नेछ ।  


आयोजकका अनुसार २५ गते दिप्रुङ गाउँपालिका पञ्चमीबजार, २७ गते खोटेहाङ गाउँपालिकाको खोटाङबजार, २९ गते जन्तेढुंगा गाउँपालिकास्थित चिसापानीबजार, पौष १ गते बराहापोखरी गाउँपालिकाको साउनेचौर, ५ गते केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजार, ८ गते ऐसेलुखर्क गाउँपालिकास्थित ऐसेलुखर्कबजार, १० गते लामिडाडाँ गाउँपालिकाको खार्पा, १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपास्थित पञ्चेदोबाटो र १७ गते नगरपालिकाको दिक्तेलमा पहिलो चरणको अडिसन गरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

विजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष १ गीत रेर्कडीङ गर्न पाउनेछ । दोश्रो हुनेले २४ हजार ५७४ प्रमाणपत्र, १ गीत रेर्कडीङ, ३ महिना संगीत कोर्ष, तेश्रो हुनेले १० हजार ५७४ प्रमाणपत्र, १ महिना संगीत कोर्ष, १ गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगद र प्रमाणपत्र प्राप्त गर्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ