३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बले र कक्रोजले रक्षा र जुनालाई भने ‘माया मै सँग लाइदेउन’ (भिडियो)

७ पुष २०७४, शुक्रबार ०७:४३

पुस ६, काठमाडौँ । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् । संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो ।

पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसीएका किरणले यसपाली हास्यकलाकारलाई मोडलको रुपमा लिएका हुन् ।  हास्य कलाकारको गतिलो छवि बनाएका उनीहरु म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र जुना सुन्दाससँग देखिएका हुन् । 

‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन् । भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा) को अंगालोमा देखिएका छन् । निकै मिठो बनेको गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ ।

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माइल)को संगीत छ । उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ । 

बसेल विगत एक दशक देखि कोरियोग्राफी गर्दै आएका छन् । उनले समेत यो भिडियो आशालाग्दो कामको रुपमा हेरेका छन् । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् । 

हेर्नुहोस् भिडियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ