२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बले र कक्रोजले रक्षा र जुनालाई भने ‘माया मै सँग लाइदेउन’ (भिडियो)

२०७४, ७ पुष शुक्रबार ०७:४३

पुस ६, काठमाडौँ । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् । संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो ।

पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसीएका किरणले यसपाली हास्यकलाकारलाई मोडलको रुपमा लिएका हुन् ।  हास्य कलाकारको गतिलो छवि बनाएका उनीहरु म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र जुना सुन्दाससँग देखिएका हुन् । 

‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन् । भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा) को अंगालोमा देखिएका छन् । निकै मिठो बनेको गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ ।

डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माइल)को संगीत छ । उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ । 

बसेल विगत एक दशक देखि कोरियोग्राफी गर्दै आएका छन् । उनले समेत यो भिडियो आशालाग्दो कामको रुपमा हेरेका छन् । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् । 

हेर्नुहोस् भिडियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा