३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेशन आइडलको उपाधी रुस्मिता र सुशान्तलाई

१० पुष २०७४, सोमबार ०९:२०

पुस १०, काठमाडौं । रशलाईट मिडियाको आयोजना भएको नेपाल फेशन आइडल २०१७ को उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । 

उनीहरुले नेपाल फेशन आइडलको मुख्य उपाधीसहित जनही एक–एक लाख नगद पुरस्कार जितेका छन् । शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन । शुसान्तले बेस्ट फिजिक्सको उपाधी जितेका छन् ।


राजधानीको तिनकुनमा रहेको रोयल इभेन्टमा शनिबार सम्पन्न उक्त प्रतियोगितामा महिला तर्फ टिछिरिङ शेर्पाले फस्ट रनर्सअपका साथमा बेस्ट प्रर्फमेन्स र पुरुष तर्फ अंकित मानन्धरले फस्ट रनर्सअपका साथमा मोष्ट कन्फिडेन्टको उपाधी जितेका छन् । 

महिला तर्फ सुप्रिना शाक्यल सेकेण्ड रनर्सअपका साथमा म्यानेजमेन्ट च्वाइसको उपाधी जितेकी छन् । त्यसैगरी पुरुष तर्फ समिप्य श्रेष्ठले सेकेण्ड रनरअफका साथमा बेस्ट स्टाइलिसको उपाधी जितेका छन् ।

प्रतियोगितामा मष्ट ट्यालेन्टको उपाधी रोसेनेन शर्मा, इनि मर्हजन, बेष्ट पर्सनालीटी पारस दाहाल र सन्ध्या दिवाली, बेष्ट वाक पारस दाहाल, म्यानेजमेन्ट च्वाइस निरनराज गिरी र फुर्लमु शेर्पा, फोटोजेनिक सुनिल मर्हजन र इस्वाङ लामा र बेष्ट प्रर्फमेन्सको उपाधी पवन मर्हजनले जितेका छन् ।

कोरियोग्राफर, मोडल तथा गायिका रमिता भण्डारी र प्रज्वल शाक्यको कोरियोग्राफी रहेको थियो भने इभेन्ट म्यानेजर सनिल महर्जन रहेका थिए । सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगितकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन स्वयत्ना योञ्जनले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ