३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आठ गाउँपालिमा सकियो ‘खोटाङ आईडल’, छनौटमा बालकदेखी बयष्कसम्म

११ पुष २०७४, मंगलवार ०६:४४

चिसाङ शेर्पा/पुस ११, खोटाङ । नेपाल आईडल समापनको माहोल सेलाउदै गर्दा पुर्बी पहाडी जिल्ला खोटाङमा भईरहेको जिल्ला स्तरिय सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ अहिले बहुत चर्चामा रहेको छ । 

जिल्लामा रहेका कला र गलालाई बिश्वसामु पु¥र्याउन कुनाकन्दरामा लुकेर रहेका प्रतिभाको खोजि निरन्तर भईरहेको छ । दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा पहिलो चरणको लागि ११ स्थानमा अडिसन राखिएको थियो । हालसम्म आठ गाउँपालिकामा पहिलो चरणको अडिसन सकिंएको छ । त्यहाँबाट बालिकादेखी युवायुवती र बयष्कसम्म दोश्रो अडिसनका लागि छनौटमा परेका छन् । 

गत मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु आईडलको अब २ नगरपालिकामा तीन स्थान पहिलो चरणको अडिसन हुन बाँकी छ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शोमा साकेला गाउँपालिकाबाट १०, दिप्रुङ गाउँपालिका ११, खोटेहाङ गाउँपालिका १६, जन्तेढुंगा गाउँपालिका ८, बराहपोखरी गाउँपालिका ९, केपिलासगढी गाउँपालिका १६, ऐसेलुखर्क गाउँपालिका १० र लामिडाडाँ गाउँपालिकाबाट ७ जना खोटाङ आईडलको दोश्रो चरण अडिसनका लागि छानिएका छन् ।

केपिलासगढी गाउँपालिका बाक्सिलामा छनौट भएकी खोटाङ आईडलका प्रर्तिस्पर्धी १२ बर्षिय कञ्चन राई । तस्बिर सौजन्य: जिबन कुमार राई

आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिकाका अनुसार गाउँपालिकाको पहिलो चरण अडिसनबाट ८७ जना दोश्रो चरणमा भाग लिन सफल भएका छन् । छनौटमा परेका प्रर्तिस्पर्धीहरु छिटफुट बाहेक प्राय ः साना उमेरका छन् । उमेरमा साना भएता पनि कला र गलामा निखारता भएका प्रतिभाहरु छन् । 

“उनीहरुले जिल्लालाई गायनको क्षेत्रबाट योगदान पु¥र्याउछन् भन्ने उद्देश्यले दोश्रो अडिसनका लागि हामीले छनौट गरेका हौ । कार्यक्रम संयोजक जिबन कुमार राईले बताए । राईका अनुसार छनौट भएका ८७ जनामा अधिकांसको उमेर २० वर्षभन्दा तल रहेको छ ।” 

गाउँपालिका र नगरपालिमा रहेका सहआयोजक सँगको सहकार्य तथा प्रवासमा रहेका खोटाङगेहरुको आर्थिक सहयोगमा करीब ९ लाखको लागतमा सञ्चालन भईरहेको सांगितिक रियालिटी शोमा लामिडाडाँ गाउँपालिका खार्पा २ बाट १० वर्षिय बालिका ईशारा चेली राई र केपिलासगढी गाउँपालिका बाकाचोलदेखी १२ बर्षिय कञ्चन राई खोटाङ आईडलको दोश्रो अडिसनका लागि छनौमा परेकी छन् ।

पहिलो अडिसनका लागि संगीतकार, गायक तथा पुर्वेली सरगम संगीत विद्धालयका सदस्य भक्त बिक र पुर्वाञ्चल आईडल टप थ्री दिपेश पायल राई जर्जमेनबाट छानिएका उनीहरु हालसम्मको प्रर्तिस्पर्धीमध्ये गायनमा अब्बल रहेका छन् ।

आयोजकका अनुसार पुस १२ गते हलेसी तुवाचुङ नगरपालिका हलेसी, १४ गते रुपाकोट मझुवागढी नगरपालिका बुईपा पञ्चेदोबाटो र १७ गते दिक्तेलमा पहिलो चरणको अडिसन सकिनेछ ।  

रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ