२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् २०१८मा उत्कृष्ट बनेका वलिउड फिल्म

२०७५, २१ बैशाख शुक्रबार ०८:०९

वैशाख २१ काठमाण्डौ | सन् २०१८ को शुरुवात मै प्रदर्शनमा आएका सयौं भारतीय फिल्महरुका भिडमा केहि फिल्महरुले दर्शकको मन जित्न सफल बनेका छन् | फरक कथा र फरक विषयवस्तु भएकै कारणले आलोचकहरुले समेत केहि फिल्मलाई उत्कृष्ट मानेका छन् |


दर्शकको मन जित्न सफल बनेको फिल्म मध्ये एउटा 'बागी २' रहेको छ | बागीको सिक्वेलको रुपमा उक्त फिल्म साजीद नादिल्वालाको निमार्ण र अहमद खानले निर्देशनमा रहेको छ | टाइगर  सोर्फ़ र दिशा पट्नानीको मुख्य भूमिका रहेको उत्त फिल्मलाई फुल एक्शन मुभि मान्न सकिन्छ |

टाइगर सोर्फ़को कारणले दिशा पट्नानी ओझलमा परेता पनि जति उनले भूमिका गरेकि छिन् त्यो एकदमै उत्कृष्ट रहेको छ | टाइगरले एक आर्मी अफिसरको भूमिका रहेका छन् भने  दिशाले एक छोरीकि आमाको भूमिकामा रहेकी छिन | दिशाको छोरी हराएपछि टाइगर र दिशाले उनलाई खोज्न गरेको संघर्ष नै मुख्य कथावस्तु रहेको छ | एक्सन पक्षलाई उत्कृष्ट बनाइएको उक्त फिल्ममा अरु पक्षलाई सामान्य रुपमा देखाइएको छ | यो फिल्मको नेट कलेक्शन भने २ सय ४६ करोड गरेको छ |


त्यस्तै वलिउड अर्को फिल्म-हिच्की पनि दर्शकमाझ उत्कृष्ट बनेको छ | लामो समय देखि फिल्म क्षेत्रमा नदेखिएकी रानी मुखर्जी पनि 'हिच्की' मार्फत दर्शक माझ देखिएकी छिन् |

सिद्धार्थ माल्होत्रले निर्देशन उक्त फिल्म मनीष शर्माले निर्माण गरेका छन् | उत्त फिल्म ब्रद कोहेनको जीवन कथामा आधारित रहेको छ | फिल्ममा रानी मुखर्जीलाई एक शिक्षिकाको भूमिमा देख्न सकिन्छ | उनलाई तौरेत्ते स्यानड्रोम (बाडुल्की लाग्ने रोग) लागेको र उनले गरेको संघर्षलाई मुख्य कथावस्तुमा देखाइएको छ | यो फिल्मको उत्कृष्ट एक्टिङ नै मुख्य पक्ष रहेको छ भने फिल्मले ७५ करोड बराबरको नेट कलेक्सन  गरेको छ |


त्यस्तै अर्को फिल्म प्याड म्यानले पनि दर्शकको मन जितेको छ | अक्षय कुमारको मुख्य भूमिका रहेका उक्त फिल्ममा सोनाम कपूर र राधिका अर्पितले साथ दिएका छन् | ट्विकल खन्नाले निमार्ण गरेकी उक्त फिल्मको निर्देशन बाल्कीले गरेका हुन् | यो फिल्मको राम्रो पक्ष कथावस्तु रहेको भने फिल्मको सिनेमाटोग्राफी भने कम्जोर रहेको छ | फिल्मले नेट कलेक्सन १ सय ४१ करोड गरेको छ |

त्यस्तै २०१८ को सुरुवातमै प्रदर्शन भएको फिल्म 'पदमावत'ले पनि दर्शकको मन जितेको छ  | 


संजयलीला भन्सालीको निर्देशन तथा निर्माण रहेको उक्त फिल्म राजपुत महार्सल रतन सिंह र उनकी रानी पदमावतीको युद्ध अनि सुल्तान अलाउद्दीन खिल्जीसंगको बिषयमा लिएर बनाएको छ | २ सय करोडमा निर्माण गरिएको थियो उत्त फिल्म अहिले सम्मको महँगो फिल्म भनिएको छ | दीपिका पादुकोण,रणवीर सिंह र शहिद कपूरको मुख्य भूमिका उक्त फिल्ममा  सुरुदेखि अत्यसम्म रणवीरको एक्टिङ मुख्य आकर्षणको पक्ष रहेको छ | उक्त फिल्मले ४ सय करोड नेट कलेक्सन गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ