२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘अमेरिका बोइज’ शुक्रबारदेखी प्रदर्शनमा

२० जेष्ठ २०७५, आईतवार ०८:११

जेठ २० काठमाण्डौ | प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ शुक्रबारदेखी  प्रदर्शनमा  आएको छ।  चलचित्र ‘अमेरिका बोईज ’ले दर्शक बाट राम्रो प्रतिकृया पाएको छ । शुक्रबार र शनिबार हलहरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पाएको छ । चलचित्र हेर्ने अधीकांस दर्शकहरुले ‘फिल्म रमाईलो र राम्रो छ’भन्ने बताएका छन ।करिब २ घन्टा १० मिनेट लामो यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन्छ । 


हिरा र चिठ्ठा परेको टिकट फिल्मको मुख्य कथा हो । फिल्ममा अमेरिकाको डीभी पर्यो भनेर घरबाट ३–३ लाख रुपैयाँ मगाएर काठमाण्डौमा मोज गर्ने ३ यूवाको कथालाई बेजोड रुपमा प्रस्तुत गरिएको छ । वास्तवमा फिल्ममा पस्किएका मसलाले दर्शकले फिल्म हेरुन्जेल कही कतै दिक्क र अल्छी मान्ने दृश्य भेटिदैन ।कमेडी जनरामा निर्माण भएको फिल्मले दर्शकलाई हँसाउदा हँसाउदै कुनबेला रुवाउछ पत्तै पाईदैन । 


फिल्ममा मुख्य गरेर यूवाहरुले भोगेको पीडा र गलत काम गर्दा बेहोर्नु पर्ने समस्यालाई समेट्ने प्रयास गरिएको छ ।  

‘अमेरिका बोइज’ प्रवेश पौडेलको पहिलो निर्देशकिय फिल्म हो । फिल्म मुख्यतः अभिनेता अर्पण थापा, कलाकार अभय बराल र अशिष प्रसाईंको वरपर घुम्दछ । यी तीन पात्रले दर्शकलाई हँसाउँदै अन्त्यमा रुवाएका छन् ।नायक अर्पण थापाले यो चलचित्रमा उत्कृष्ट काम गरेका छन् ।अभय र आशिष ।पनि आफ्नो भूमिकामा जमेका छन् । कमेडी जनरा भएकाले पनि होला फिल्ममा कमेडी उत्कृष्ट छ । 


यी सँगै अभिनेता हरिहर शर्मा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायत कलाकारहरुको अभिनय छ । नव नायिका सृष्टि केसीले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छन् ।‘अमेरिका बोइज’ प्रकाश भूजेल र ईन्द्र प्रसाद खरेलको संयुक्त लगानीमा निर्माणमा बनेको फिल्म हो । दर्शक प्रतिक्रियाबाट हलमा दर्शक बढ्ने निर्माण पक्षले आशा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ