चिसाङ शेर्पा | साउन २३, खोटाङ | जिल्लामा तथा काठमाण्डौ भ्यालीमा खोटाङगेले गर्ने सानाठूला सांगीतिक कार्यक्रममा नछुट्ने एउटा नाम हो पृथी जिम्बा(तामाङ), स्वअध्ययन र स्वसाधानाले निखारिएका गायक जिम्बाको नाम र गीत नसुन्ने ब्यक्ति खोटाङमा कमै होलान् ।
झट्ट हेर्दा बुढ्यौलीपनले छोएको अनुभव हुने जीबन गीतसंगीतकै नशाले बुढो बनाएको उहाँको भनाई छ । २५ वर्षे सांगीतिक यात्रामा रातदिन संर्घष गरीरहेका जिम्बा नेपाली गीतसंगीतका एक धरोहर हुन् । माया, प्रेम, राष्ट्रभाव, जागरणजस्ता झण्डै ३५ भन्दावढी गीत गाएका खिदिमाली जिम्बाको परिचय एक अग्रज संगीतकर्मी तथा गायक हो ।
आमा जमुना जिम्बा र बुबा सम्पत जिम्बाको माइला छोराका रुपमा २०३१ असार २९ गते तत्कालिन खिदिमा गाविसमा जन्मनु भएका लोपोन्मुख (जिम्बा तामाङले) आफ्नो जातलाई लापोन्मुख हुन मात्र दिएन । जातियताको पहिचान र सिङगो नेपाली संगीत बजारमा एक अभिभावक भएर बेग्लै पहिचान बनाए । पञ्चकन्या प्रा.वि छितापोखरीबाट औपचारिक शिक्षा सुरुवात गरेका जिम्बाले भगवती मा.वि खोटाङबजारबाट २०४७ सालमा प्रवेशिका परिक्षा उतिर्ण गरे । बिए सकेर समाजशमस्त्रमा मास्र्टड गर्न लागि परेका ४४ वर्षीय जिम्बाले २०५० सालबाट डाँडापाखा, बनजंगल, दशै तिहारमा हुने साना कार्यक्रममा गीत गाउन थाले । त्यो समयमा अहिलेको जस्तो स्थानियस्तरमा प्रशस्त संगीत विद्धालयहरु थिएन । लामो स्वास लिदै उनले भने, “आहै अहिलेको जस्तो पहिले भइदिएको भए आज कहाँबाट कहाँ पुगिन्थ्यो । तर, पनि गाउँघर भित्तापाखामा सिकेको सिप खेर गएन ।” सन्तुष्ट छु जिम्बाले भने, ‘त्यो बेला त रेडियोमा गीत सुनिन्थ्यो, गाउन सिकिन्थ्यो ।’
तश्विरमा : गायक जिम्बा
गाउँघर मेलापात गर्दै गाएको अनुभवहरु बटुलेर रेडियो नेपालको क्षेत्रिय प्रसारण केन्द्रको सम्पर्क कार्यालय धरानबाट फर्म भरेर जिम्बाले २०५२ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेका थिए । त्यो बेलाको रेडियो नेपालमा स्वर परिक्षा पास गर्नु भनेको पहाड उचाल्नु जस्तै थियो । स्वर परिक्षा पास गरेपछि रेडियो नेपालले एक गीत निशुल्क रेर्कड गराइदिने निति थियो । खुशीको सिमा रहेन । रेडियो नेपालले रेर्कड गराउने गीतमा आवाज दिन, आवाज दिनका लागि दिनानु दिन सिंहदरबार धाए । दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो नभन्दै बर्ष बित्यो, एकवटा गीतमा आवाज दिनका लागि भनेर ०५२ सालदेखी ०५३ सालसम्म एकबर्ष सिंहदरबार धाए । गायक जिम्बाले भने, तर पालो नै पाईन । निरास मुद्रामा उनले भने, त्यो बेला सञ्चार जगत अहिलेजस्तो प्रशस्त थिएन । सञ्चार जगतहरु एकाध रुपमा थिए । गाउन नपाउँदा खिनन्ता छाएको थियो तर, बाटो छोडिन ।
२०६५ सालमा तामाङ भाषाको जागरण गीत रेर्कड गराएका जिम्बाले सोही वर्ष रेडियो नेपालले राष्ट्रब्यापीरुपमा आयोजना गरेको फुलबारी सम्मेलनमा लाइभ प्रस्तुती दिएर उत्कृष्ट दशमा परे । यस्तै, ०५७ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी बालगीत प्रतियोगितामा उनको संगतीतबद्ध वालगीत तेश्रो भयो । उहाँमा आएको कला र गलाको बाढीलाई ०५७ सालयता देशको राजनीतिक माहोलले केही धक्का दियो । देशमा राजनीतिक माहोल राम्रो थिएन काठमाण्डौ आउन जान संकटनै थियो । उनले भने ‘तर पनि सामान्य लेखनका कामहरु भने निरन्तर भए । ०७१ सालबाट चाहि स्टेजमा पनि गाउन थाले ।’
जब, जिम्बाको स्वर संगीतमा ‘नौरङगी सपना’ एल्बम बजारमा आयो उनलाइ नेपाली गायन क्षेत्रमा लाग्न झन उत्साह मिल्यो । रेडियो नै आफ्नो गीत संगीतमा लाग्नुको प्रेरणा भएको बताउनुहुने जिम्बाले खोटाङे कलाकारहरुको रचना भएको नौरङगी सपनामा समाबेश एघार गीत गाए । ०६५ सालमा नौरङगी सपना गाएपछि उहाँको गायनको काम लाइनबद्ध हुन थाल्यो । आठ वर्षपछि ‘सुसाङ’ एल्बमको ६ वटा गीतमा आवाज दिए । संगीतकार शिलाबहादुर मोक्तानको संगीतमा आबद्ध सोही एल्बममा समाबेश गीत ‘तिमीलाई भेटु मात्रै के–के म सुनाउँछु’बाट जिम्बा एकाएक चर्चामा आए । अहिले नेपाली मिडियामा सबैभन्दा वढी उक्त गीत बज्ने उहाँको दाबि छ ।
भर्खरै मात्र राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय दिक्तेलको लगानीमा मानवअधिकार गीत गाएका गायक जिम्बाको ‘यो देशमा एउटा आन्दोलन चाहिन्छ जागरण गीत र झर्रो लोकगीत कमिजै मैलो, अस्कोटै मैलो’ सार्वजनिक भएको छ । उनले तामाङ सेलो झामेला दुःख, सिन्धुली खुर्कोट र टेम्केको शिरजस्ता दर्जनौ गीत गाएका छन् । शरण खत्री मृदुल र टेक तामाङको रचनालाइ संगीत भरेका तामाङको संगीतमा दिपक लिम्बु र शिव परियारले पनि आवाज दिएको छ । ०५९ सालमा नुनथलामा मागी विवाह गरेका गायक जिम्बा हाल पेशाले संगीतको शिक्षक हुन् । नेपाली गीतसंगीत क्षेत्रमा पछिल्लो समय धेरै बिकृती विसंगती आएको र जो कोहीलाई टिक्न गाह्रो भएको यथार्थ उहाँको तर्क छ । प्रायः नेपालको सबै बिषयमा छलफल बहस हुन्छ । तर, मलाई थाहा छैन गीतसंगीतको क्षेत्रमा बहस छलफल भएको । उनले भने, ‘त्यो जरुरी छ अनिमात्रै गीत संगीतमा निखारता, मौलिकता अझ बढ्दै जान्छ । हामीलाई टिक्न सजिलो हुन्छ । गीत संगीतको अस्तित्व र पहिचान बचाउन सकिन्छ ।’
शाररिक रुपमा अपाङ्गता भए पनि अपाङ्गता भनेर हिनताबोध कहिल्यै हुन्न । मलाई परिवार, साथीभाइको राम्रो साथ सहयोग छ । यतिसम्म कि टंक थापा, बिष्णुकुमार राई मेरो सांगीतिक जीबनकोे सबैभन्दा नजिकको अग्रज हो । उहाँहरुकै हौसालामा ०७१ सालमा दुईजनाले मात्रै स्टेज बनाएर गीत गाएको छु उनले भने । वर्षदिनमा एकवटा गीत बजार ल्याउने उहाँलाइ हालसम्म माथि उल्लेखित बाहेक कसैको सहयोग छैन । गीत संगीत जर्गेना र पहिचान स्थायित्वका लागि केही कार्यालयमा प्रस्तावपत्र पेश गरिएको तर, सिधै फिर्ता लैजान भनेको उहाँको दुखेसो छ ।
शुभद्रा मदन फाउण्डेसन सोल्मा डाँडागाउ विद्धालयका संगीत शिक्षक समेत रहेका जिम्बाले विभिन्न साथीभाईको साथ सहयोग भएमा विदेशसम्म आफ्नो गायन प्रतिभा देखाउन जाने इच्छा प्रकट गरे । जिल्लामा सञ्चालन हुने गीतसंगीतको कार्यक्रममा गायक जिम्बाको अनुपस्थिती हुंदा कार्यक्रम खल्लो हुने गरेको पाईन्छ ।