२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जातीय विभेद नहुने वनारसी जात्रा,यस्तो छ धार्मिक नियम

२०७६, २२ माघ बुधबार ०९:२०

माघ २२, बैतडी | बैतडीको प्रसिद्ध वनारसी धाममा बर्षौंदेखि यस्तो जात्रा लाग्छ–जहाँ दलित र गैरदलितको विभेदकारी विभाजन कहीँ हुँदैन | जिल्लाको पाटन नगरपालिका ३ मा पर्ने वनारसी धाममा यसपटक पनि यस्तो विभेदलाई माथ गर्ने जात्रा सम्पन्न भएको छ |

प्रत्येक बर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा यसपटक पनि दलित पुजारी थिए | उनै पुजारीले गैरदलितलाई मन्दिरको प्रसाद दिए | प्रसाद पाउनेहरुले मन खोलेर हाँसीखुशी ग्रहण गरे | दलित समुदायका पूजारी रहेको सो मन्दिरमा हरेक समुदायका नागरिकको उपस्थित रहन्छ | वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताए | यो मन्दिरमा सबै समुदायका दर्शनार्थीहरु जाने र दलित समुदायका पूजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ |

वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किम्बदन्ती अनुसार वनारसीलाई शक्तिशाली देवताको रुपमा लिने गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन