अन्जान दाहाल | केही दिन अगाडी चलचित्र कलाकार संघले आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अन्जान दाहाल | केही दिन अगाडी चलचित्र कलाकार संघले आयो"/>
२७ पुष २०८२, आईतवार
काठमाडौँ - KTM

कलाकार संघ जस्तो साझा घरले अवार्ड गर्नु राम्रो होइन: सुदर्शन गौतम

१ श्रावण २०७३, शनिबार १९:३३

अन्जान दाहाल | केही दिन अगाडी चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड विवादै विवादका बिच सकियो । फान अवार्ड निष्पक्ष भन्दा पनि कलाकार संघले अवार्ड गरेर गलत गर्यो भन्नेहरु धेरै भए ।

कलाकार संघले आयोजना गरेको फान अवार्डको विवाद विस्तारै सेलाइरहेको अबस्थामा अहिले पहिलो पटक क्यानडामा हुन लागेको “राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२” को चर्चा भने फिल्मी बजारमा गरमागरम छ । पहिलो त अहिले धेरैले यो अवार्ड क्यानडामा गर्नु असम्भब भनिरहेका छन् तर आयोजक संस्था भने गरेरै देखाउने दाबी गर्दै आइरहेको छ । किन पनि यो अवार्ड क्यानडामा गर्न असम्भब भनिएको हो भने क्यानडामा जान भिषा प्रक्रिया सजिलो छैन किनकी क्यानडाको भिषा प्रक्रिया हामीले सोचेको भन्दा पनि गाह्रो छ ।

यही बिचमा क्यानडामा नेपालबाट कलाकारहरु लगेर अवार्ड गर्नु कम चुनौतीको काम भने पक्कै होइन । पहिलो पटक अन्तराष्ट्रिय स्तरमा हुन लागेको यो अवार्ड २०१७ को जनावरीमा हुने तयारी भइरहेको छ । “नेपालमा आयोजना हुने अवार्डहरु निपष्क्ष नभइरहेको अबस्थामा तपाईहरुले आयोजना गर्न लागेको अवार्ड चाहिँ कसरी निष्पक्ष हुन्छ ?” भन्ने हाम्रो प्रश्नको जबाफ दिँदै क्यानडाबाट आयोजक संस्था अध्यक्ष सुदर्शन गौतमले भने —“हामीले अनलाइन र भोटिङ्ग सिस्टम सुरु गर्नेछौ । जनताले जसलाई भोट गरेर जिताउनु हुनेछ त्यही नै बक्स अफिस फिल्म फेयर अवार्डको विजेता बन्नु हुनेछ । हामी कसैले पनि कुन कलाकारलाई अवार्ड दिने भनेर निधो गर्दैनौ । यो अवार्ड पूर्ण रुपमा प्रजातान्त्रिक र निष्पक्ष गराउन पनि भोटिङ्ग सिस्टम गर्न लागेका हौ ।” उनले अगाडी भने—“क्यानडा सरकारसँग यो अवार्डको विषयमा कुरा हुँदै छ । सिटी मेयर  देखी केन्द्रिय सरकार पनि अवार्डलाई लिएर उत्सुक छन् सहयोगका लागि किनकी नेपाल र नेपालीको पहिचान बचाउन यो अवार्डले क्यानडामा निकै ठुलो भुमिका निर्वाह गर्नेछ ।”

“नेपालबाट बढि भन्दा बढि कलाकारहरु ल्याएर अवार्ड गर्नु हाम्रो उद्येश्य हो र क्यानडा सरकारसँग भिषा सहजका लागि हाम्रो कुरा हुँदैछ”, सुदर्शनले क्यानडाबाट भने । “भर्खरै सम्पन्न कलाकार संघद्वारा आयोजित फान अवार्डलाई कसरी लिनु हुन्छ ?” हाम्रो प्रश्नको उत्तर दिँदै सुदर्शनले भने —“संसारभरीका कुनै पनि अवार्डहरु पूर्ण रुपमा सन्तोषजनक रहेको मैले पाएको छैन । चलचित्र कलाकार संघ भनेको चलचित्रक्षेत्रमा लाग्ने कलाकारहरुको हकहितका लागि लड्ने संस्था हो र यस्ता संस्थाहरुले अवार्ड जस्तो सानो तिनो कुराहरु आयोजना गरेर कलाकार— कलाकार बिच मतभेदको स्थिती बनाउनु राम्रो होइन । कलाकारहरुको समस्याको समाधानको मुखपत्र बन्न सक्नु पर्छ, चलचित्रक्षेत्रलाई अन्तरािष्ट्रय बजारमा पुराउने पहल गर्नुपर्छ, पहिलो त नेपाल सरकारबाट फिल्म उद्योगको रुपमा रुपान्तरण गराउनु पर्छ । खोइ त ?

अहिले कलाकार संघले चलचित्रको अन्तराष्ट्रिय समस्यालाई ध्यान दिनु पर्छ कि अवार्ड गरेर विवादित । सुन्दा अनौठो लाग्न सक्छ अहिलेसम्म अन्तरािष्ट्रय स्तरमा कुनै पनि कलाकार जाँदा कलाकारहरुले म कलाकार हुँ भनेर बोक्ने साझा झण्डा पनि छैन । कलाकारहरु कुनै देश जाँदा “तपाई कलाकार हो भने कुन झण्डा बोक्नु हुन्छ ?” भनेर कसैले सोध्यो भने त्यसको जबाफ दिने उत्तर हुँदैन कलाकारमा । तर यस विषयमा सरोकारवाला निकायहरु भने मौन रहेको छ । बरु यस्ता विषयमा कलाकार संघ देखी चलचित्र विकास बोर्ड लागे राम्रो हुने देखिन्छ । म जानेर वा अन्जानमा नेपाली फिल्मसँग आबद्ध हुन पुगे त्यसैले पनि यो क्षेत्रको माया लाग्छ र अब यो क्षेत्रलाई अन्तरािष्ट्रयकरण गर्न मैले पनि सक्दो प्रयास गर्नेछु ।” अहिले नेपाली विश्वबजारमा पुराउन आबश्यक रहेका कारण यो अवार्ड एतिहासिक हुने उनले हामीसँगको कुराकानीको क्रममा बताए । “हामीले अवार्डका लागि नेपालबाट कलाकार ल्याउँदा काठमाडौंको त्रिभुवन विमानस्थलमा र क्यानडाबाट नेपाल फकर्दा क्यानडा विमानस्थलमा पत्रकार सम्मेललनको आयोजन गर्नेछौ । कोही पनि कलाकार वा पत्रकार क्यानडामा गैरकानुनी रुपमा बस्न पाउँदैनन् किनकी हामीले त्यही अनुसार “इमिग्रेशन बोर्ड अफ क्यानडा” सँग कुरा गरेका छौ”, सुदर्शनले भने । नेपालबाट यस अवार्डको संयोजकको जिम्मेवारी सम्हालेका पत्रकार आर.के. सुवेदीले अर्को महिनाबाट नोमिनेशनको काम सुरु गर्ने जानकारी दिए । उनका अनुसार अवार्डमा सहभागी हुन नेपालबाट चलचित्रकर्मी र पत्रकारहरुको भब्य सहभागीता रहनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला