काठमाण्डौ। गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाडेका तीन म्यूजिक एल्बम एकसाथ रिलीज गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाण्डौ। गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाडेका तीन म्यूजिक एल्बम एकसाथ रिलीज गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो ।<"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राम बहादुर बाँडेका तीन एल्बम एकसाथ रिलीज

३ श्रावण २०७३, सोमबार ०२:३२

काठमाण्डौ। गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाडेका तीन म्यूजिक एल्बम एकसाथ रिलीज गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो ।

नेपाली आधुनिक गीति संग्रह 'नसोचेको भाग -२', भजन माला १ (नेपाल भाषा) र भजन माला १ (नेपाली भाषा) गरि तीन एल्बम सार्वजनिक भएका हुन् । त्यस्तै, 'नसोचेको भाग -२'मा संग्रहित दुई गीतका भिडियो पनि सार्वजनिक गरिएको छ । दुवै गीतका भिडियोलाई रमेश पोख्रेलले निर्देशन गरेका छन् । भिडियोहरुमा नीता ढुंगाना, दिल श्रेष्ठ, नम्रता योगी, सुरज आर.डि. लगायतको अभिनय रहेको छ ।

सार्वजनिक आधुनिक गीतमा अष्ट लामाको संगीतमा राम बहादुर बाडे र अञ्जु पन्तको स्वर रहेको छ । यो एल्बममा रहेका सबै गीतका रचनाकार बाडे नै हुन् । साथै, नेपाल र नेपाली दुवै भाषामा भजन मालामा संगीत, शब्द तथा स्वर राम बहादुर बाडेको नै रहेको छ ।

बाल्यकाल देखिनै संगीत क्षेत्रमा आबद्द रहेका बाडेले शास्त्रिय संगीतमा स्नातक गरेका छन् । उनले यसअघि 'नसोचेको' आधुनिक एल्बम तथा चलचित्र 'दुलही'मा रहेको 'सुन जोख्ने तराजुमा' बोलको गीतमा संगीत दिएका थिए । उनि 'दुलही' चलचित्रका निर्माता पनि हुन् ।


एल्बम सार्वजनिक कार्यक्रममा प्रमूख अतिथी नेता पौडेलले नेपाली संगीत हाम्रो सम्पत्ती भएको बताए । उनले पश्चिमा तथा पूर्वीय मुलुकबाट नेपालले सिक्ने मात्र नभएर हाम्रो मौलिक श्रृजनाबाट उनिहरुले पनि सिक्ने मौका पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार