साउन ८, काठमाडौँ । हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौँ । हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विक"/>
८ कार्तिक २०८१, बिहीबार
काठमाडौँ - KTM

देशको फिक्रि गर्दै जिग्री, यसरी सुरु गर्दैछन् न्युट्रल जनता अभियान

८ श्रावण २०७३, शनिबार ०८:१२

साउन ८, काठमाडौँ । हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन् । 

राजनितिको फोहोरी खेलले देश झनै बिग्रदै गएकाले अब विकासका लागि दलगत रुपमा नभई स्वतन्त्र नागरिकको रुपमा एक हुन उनले एक लेखमार्फत आग्रह गरेका हुन् । यस्तो छ, उनले जनतामा गरेको अपिल । 

हामी जनता कस्तो भने चुनाव आएको बेलामा मेरो पार्टी यस्तो, मेरो नेता यस्तो भनेर तीन फिटमाथि उचालिन्छौं । नेता र पार्टीका लागि घरपरिवार सबै बिर्सिन्छौं । अनि तेरो पार्टीभन्दा मेरो पार्टी ठिक, तेरो नेताभन्दा मेरो नेता ठिक भनेर एक अर्काको टाउको फोर्छौं ।

जब चुनाव जितेर नेता जान्छन् आफ्नो गाउँमा विकास हुँदैन र हुन लागेपनि विभिन्न अवरोध खडा पर्छन् । सोचेजस्तो हिसाबले देश पनि अघि बढ्दैन, नेताले दिएको आश्वासनहरु पनि पूरा हुँदैनन् । अनि तिनै एकअर्काको टाउको फुटाउने हामी जनता चोकको चिया पसलमा जम्मा हुन्छौं, अनि  ‘अनेक थरीका गफ निकालेर कुरा काट्न थाल्छौं ।’

वास्तवमा नेताको राजनीतिले भन्दा हामी जनता–जनताबीचको राजनीतिले गर्दा हाम्रो देश नेपाल यो अवस्थामा आइपुगेको हो । हामी खाली यो नेता त खत्रै हो, भाषण त बबालै दियो भन्ने गर्छौं । अनि चुनावमा नेता आउँदा शिर निहुराएर हजुर भन्दै आउँछन्, भोट माग्छौं, जिताएर पठाउँछौं र चुनावपछि नेताले सिन्को केही नभाँचेपछि चिया पसलमा त्यही नेताको कुरा काट्नमा मात्र सीमित रह्यौं ।

हिजो राजनीतिले भविष्यमा सबथोक दिन्छ, विकास दिन्छ, भविष्य दिन्छ भनेर राजनीतिमा होमिएका हाम्रो बुवा आमाहरुको आज कसैको छोरो छैन, कसैको छोरालाई विदेश पुर्याएको छ भने कसैको छोरालाई देशमै बेरोजगार बनाइदिएको छ ।

५० औं वर्ष राजनीतिमा बिताएका हाम्रा पुर्खाहरुको उपलब्धी यही हो ? पुर्खाहरुले सोचेको विकसित नेपाल यही हो ? अनि हाम्रा पुर्खाहरुले देख्न नपाएको नयाँ र विकसित नेपाल हाम्रो पुस्ताले पनि देख्न नपाए हामी के गर्ने, यो बारेमा पनि हामी सबैले मनन गर्ने कि ?

त्यसैले अब नेता र पार्टीको नाममा विद्यार्थी–विद्यार्थीबीच झगडा हैन, मजदुर–मजदुरबीच झगडा हैन, युवा–युवाबीच झगडा हैन, हामी नेपाली–नेपालीबीच झगडा हैन, हामी सबै नेपाली एक हौं र सुरु गरौं यो फोहोरी राजनीति खेलविरुद्व जनताको आन्दोलन ।

अब हामी सबै मिलेर यस्तो आन्दोलन गरौं जसले भाषण र विनाश हैन काम र विकास मागोस् र त्यो हो नेता र राजनीतिविरुद्व विकासको आन्दोलन । देश विकासको लागि स्वतन्त्र युवाको खाँचो छ । त्यसैले सबै पार्टी नेता त्यागेर आउनुस् छलफल गरौं र मागौं विकास, अनि सुरु गरौं विनाशको आन्दोलन । स्वतन्त्र भएर काम गरे के हुन्न ? धुर्मुस–सुन्तलीबाट सिकौं, त्यसैले बेला आएको छ, ढिलो नगरी सुरु गरौं ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?