२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीवनसाथीको मन जित्न सक्नुभएन ? यसो गर्नुहोस्

२०७८, ९ आश्विन शनिबार १२:०९

असोज ९, काठमाडौँ । जीवनमा आउने  हरेक उतारचढावले मानिसलाई फरक परिस्थितिमा लिन सक्छ । आफ्नो जीवनसाथीलाई  लिएर जो कोही पनि सचेत हुने गरेको पाइन्छ । तर, कहिले काहीँ जानी नजानी विभिन्न गल्तीहरु हुन सक्छन् । जसले सम्बन्धमा बाधा  समेत उत्पन्न गराउँछ । बढ्दो आधुनिकीकरणसंगै सम्बन्धमा पनि अनेक उतारचढाव आइरहेको देखिन्छ। तर समस्या जहाँ हुन्छ त्यहाँ समाधानका अनेकन उपायहरु पनि हुन्छन्। आफ्नो पार्टनरलाई सधैँ खुशी राख्न र आफूप्रति आकर्षित बनाइराख्न यसो गर्नुहोस्ः

सुगन्धित बन्ने

संसार भरिको सबै मानिसलाई सुगन्धित बास्नाले आर्कषित गरेको हुन्छ। सुगन्धित बास्ना र आर्कषणको संयोजनले पार्टनरबिचको सम्बन्धलाई धेरै प्रभाव पारेको हुन्छ। तसर्थ आफ्नो पार्टनरलाई मनपर्ने बास्नादार अत्तर,परफ्युमको प्रयोगले प्रेम र आर्कषण कायम रहने तथ्य शोधले पत्ता लगाएको छ।

श्रृङगार गर्ने 

हप्तामा एकपटक आ–आफ्नो पार्टनरको मनपर्ने श्रृङगार र ड्रेसअपमा प्रस्तुत हुन सकिन्छ। सधैं एउटै ड्रेसअपमा भन्दा स्टाइलिस ड्रेस र हेयर स्टाइलमा सजिन सकिन्छ। तर स्टाइलस भन्दैमा असुहाउदो रुपमा प्रस्तुत हुदा आलोचित होइन्छ कि भन्ने कुरामा ध्यान दिन जरुरी छ।

सरप्राईज दिने

केही न केही नसोचेको कुरामा पार्टनरलाई सरप्राईज दिनुको मज्जा बेग्लै हुन्छ। समय मिलाएर छुट्टीको दिन फिल्म,सपिङ,डिनरको लागि जाने गनुपर्छ। निजी सवारी छ भने समय समयमा लङ ड्राइभमा जाने ।

आफूलाई फिट राख्ने

शारीरिक बनोट पार्टनरबीच आर्कषणको एक महत्वपूर्ण माध्यम मानिएको छ। तसर्थ स्वयंलाई फिट रहन जरुरी छ। तसर्थ मन र तनबाट तपाई स्वस्थ र फिट रहन जरुरी छ।

कुराकानीको शैलीमा ध्यान दिने

शोधका अनुसार कुराकानीमा निपुर्ण महिला वा पुरुष एकअर्काप्रति छिटो आकर्षित हुने गरेको पाइएको छ। त्यसैले आफ्नो कुराकानीको शैलीलाई ध्यान दिनु जरुरी छ। कुराकानी गर्दा नकरात्मक असर पुर्याउने खालको कुरा गरे तपाईको छबिलाई नराम्रो प्रभाव पर्दछ। यदि तपाइको पार्टनर कुनै किसिमको तनावमा छ भने उसको कुरा ध्यान दिएर सुन्नुहोस्। हरेक किसिमको समस्यामा तपाई आफ्नो पार्टनरको साथमा संगै हुनुहुन्छ भन्ने भरोसा दिलाउनुहोस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ