२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पासपोर्ट (MRP) बनाउन अत्यावश्यक जानकारी

१० जेष्ठ २०७५, बिहीबार ०८:४१

विदेश यात्रा गर्ने अत्यावश्यक पर्ने कागजात नै राहदानी हो । रोजगार , स्वस्था उपचार, अध्ययन, व्यापार व्यवसायिक प्रयोजनको, भ्रमणको लागि बिदेश जाने नेपालीको संख्या दिनानु दिन बढ्दै गईरहेको छ । यो राहदानी द्रुत र नियमित गरि दुई तरिका बाट लिन सकिन्छ | द्रुत तर्फ लिने हो भने आफ्नो नागरिकता भएको जिल्ला प्रशासन कार्यालय बाट सिफारिस लिएर राहदानी बिभागमा दिनु पर्छ | निरन्तर प्रक्रिया बाट लिने हो भने आफ्नै जिल्ला प्रशासन कार्यालय बाट लिन सकिन्छ |

कहाँ सम्पर्क गर्ने ? 

नियमित तरिकाबाट राहदानी लिनुपर्दा ( नागरिकताको आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय) – द्रुत सेवाको लागि

१. सम्बन्धित व्यक्तिको जिल्ला प्रशासन कार्यालय

२. नेपाल सरकार

परराष्ट्र मन्त्रालय, राहदानी विभाग

नारायणहिटी, काठमाडौं, नेपाल

फोन नं : 4416011, 4416012, 4416013, 4416014, 4416015

फ्याक्स : 4411028, 4424366

ईमेल : communication@dopmofa.gov.np

लाग्ने दस्तुर

नियमित प्रक्रिया बाट लिनु पर्दा : ५,०००/- (३० दिन लाग्ने) 

सम्पर्क: सम्बन्धित जिल्ला प्रशासन कार्यालय

द्रुत सेवाको लागि: १०,०००/- (३ दिन लाग्ने) 

सम्पर्क: राहदानी विभाग

द्रुत सेवाको लागि: १२,०००/- (२ दिन) लाग्ने 

सम्पर्क: राहदानी विभाग

द्रुत सेवाको लागि: १५,०००/- (१ दिन लाग्ने) 

सम्पर्क: राहदानी विभाग

नियमित तरिकाबाट पासपोर्ट बनाउंदा आवश्यक कागजातहरु:

क) नियमितको प्रक्रियाको लागि

१. राहदानी आवेदन फारम २ प्रति ।

२. नागरिकता प्रमाणपत्र सक्कल र सो को प्रतिलिपि -१

३. फोटो ४ प्रति

४. पुरानो पासपोर्ट भएमा त्यसको सक्कल प्रति |

ख) विवाहित महिलाको लागि

माथि उल्लेखित कागजपत्र बाहेक

पतिको नागरिकता प्रतिलिपि-१

विवाह प्रमाणपत्र प्रतिलिपि-१

बाहिर जिल्लाबाट विवाह भई आएको भए नागरिकता अभिलेख

ग) बसाई-सराई भई आएको हकमा

माथि क मा उल्लेखित कागजपत्र

जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि -१

नक्सा पास वा घर निर्माण सम्पन्न वा धारा वा बिजुलीको कागजात प्रतिलिपि -१

बसाई-सराई प्रमाणपत्र प्रतिलिपि-१

नागरिकता अभिलेख सम्बन्धित जिल्लाबाट

घ) कर्मचारी परिवारको हकमा

माथि क मा उल्लेखित कागजपत्र

सम्बन्धित कार्यालयको पत्र

नागरिकता अभिलेख सम्बन्धित जिल्लाको

प्रक्रियाहरु:

१. फारम डाउनलोड गर्ने र कम्प्युटरमै सम्पूर्ण विवरण भरेर २ प्रति प्रिन्ट गर्ने । तोकिएको बट्टामा ल्याप्चे र हस्ताक्षर गर्ने, यसो गर्दा तोकिएको बट्टा बाहिर पर्न हुदैन, ल्याप्चे लगाउदा बट्टा बाहिर पर्न नदिन तल्लो धर्सा मुनि अर्को कागजले छोपेर गर्न सकिन्छ । मिलेको फारमको नमुना, फारम भर्ने तरिका

२. फोटो स्टुडियोमा गई MRP नापको फोटो खिचाउने, ४ प्रति धुलाउने । यस मध्ये दुई अघिको २ प्रति फारममा टास्ने ।

३. आवश्यक सम्पूर्ण कागजात लिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जाने र नागरिकता प्रमाणिकरण गराउने । त्यस पश्चात् लाग्ने दस्तुर (रू ५०००) तिर्ने र भरेको पासपोर्ट फारम बुझाउने । पासपोर्ट बनेर आएको/नआएको बुझ्न फोन वा dao.kathmandu.maha.gov.npबाटै पनि हुन सक्छ, फारम बुझाउने बेला सोध्नुहोला ।

४. तोकिएको दिनमा दस्तुर तिरेको रसिद, सक्कल नागरिकता देखाई जि प्र का बाटै पासपोर्ट लिने ।

द्रुत सेवा लिन आवश्यक कागजातहरु

१) पूर्व प्रत्यक्ष दर्ता प्रणाली (Pre-live Enrollment) बाट विवरण भरी पेश (Submit) गरेपश्चात् प्राप्त भएको Barcode सहितको फाराम ।

२) नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रति

३) सम्बन्धित जि प्र का (CDO) ले नागरिकता प्रमाणिकरण गरेको विवरण

४) विवाहित नेपाली महिला नागरिकले आफ्नो नागरिकता प्रमाण पत्रमा उल्लिखित थरमा आफ्नो पतितर्फको थर थप गरी राहदानी लिनुपरेमा विवाह दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ।

५) यस अघि राहदानी लिएको भए सो को सक्कल र फोटोपेजको प्रतिलिपि।

६) नागरिकता प्रमाण पत्रमा आवेदकको पुरा जन्म मिति (साल, महिना र गते) नखुलेको हकमा सो खुल्ने एस. एल. सी. वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्रमा खुलाइएको जन्म मितिलाई आधार मानिने भएकोले प्रमाणपत्रको सक्कल र प्रतिलिपि।

प्रक्रियाहरु:

नागरिकता प्रमाणिकरण गर्ने : आवेदकको नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालय (CDO) वा बसाई सराईको प्रमाणसहित बसाईसराई गरी भई आएको जिल्ला प्रशासन कार्यालयमा फोटो सहितको निम्न ढाँचाको फारम भरि नमूना तोकिएको टिकट टासी प्रमाणिकरण गराउन सकिन्छ ।

अनलाइन फारम भर्ने : कुनै इन्टरनेट चल्ने कम्प्युटर वा स्मार्टफोनबाट राहदानी विभागको साइटमा गई पूर्व प्रत्यक्ष दर्ता प्रणाली (Pre-live Enrollment) मार्फत विवरणहरू अनलाइन भर्ने । Application Source मा DOP (Department of Passport) राख्ने । सम्पूर्ण विवरण भरिसके पछि Bar code सहितको भरिएको फारम प्राप्त हुन्छ, सो प्रिन्ट गर्ने । फारम भर्ने तरिका english, नेपालीमा

सम्पूर्ण आवश्यक कागजात लिई राहदानी विभाग, नारायणहिटी, काठमाडौं गएर लिन चाहेको सेवा अनुसार लाग्ने दस्तुर तिर्ने । विभागका कर्मचारीले तपाईले भरेको विवरण रुजु गरी फोटो खिच्ने र बायोमेट्रिक (औठा छाप) लिने काम गर्नेछन् र रसिद दिने छन् ।

एक दिने सेवा लिएको भए सोही दिन नत्र तोकिएको दिनमा रसिद र सक्कल नागरिकता देखाई राहदानी विभागबाटै पासपोर्ट लिने ।

विदेशबाट बनाउन परेमा

राहदानी विभागको साइटमा गई पूर्व प्रत्यक्ष दर्ता प्रणाली (Pre-live Enrollment) मार्फत विवरणहरू अनलाइन भर्ने । Application Source मा आफू रहेको देशमा रहेको नेपाली दूतावास वा मिसन छान्ने ।

फोटो खिचाउन र बायोमेट्रिक दिन आफूले छानेको ठाउँमा जाने ।

विभिन्न देशबाट प्राप्त भएका आवेदन र बनिसकेको पासपोर्टबारे जानकारी फेसबुक वा ट्विटर मा पाउन सकिन्छ ।

सन्दर्भ सामग्री

जिल्ला प्रशासन कार्यालयको प्रशासकिय कार्यविधि २०७३ बाट साभार गरिएको |

नारायणहिटी, काठमाण्डौ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक छ : प्रदीप ज्ञवाली अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको दावी गरे रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भए तीनकुने घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ आयोजना हुँदै प्रधानमन्त्रीले शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ बताए साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि भिसामा प्रतिबन्ध लगायो यातायात मन्त्रालयले मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलमलाइ राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले राष्ट्रपति भवन नजिकै धर्ना दिए ७ प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार आलुको मूल्य कति छ ? काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए