२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईलाई थाहा छ ? बिदेश गएका कामदारको परिवारले पाउँछन् ५० हजारसम्मको उपचार (प्रक्रिया सहित)

७ फाल्गुन २०७५, मंगलवार १२:३९

फागुन ७, काठमाडौँ | कुनै कामदार ऐन तथा नियमावलीको व्यवस्था अनुसार वैदेशिक रोजगारमा गएको छ भने बैदेशिक रोजगार पर्वर्दन वोर्डले रु. १५००० देखि ५० हजारसम्मको स्वास्थ्य उपचारमा सहायता दिन्छ । कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाई उक्त सहयोग दिने नीति छ । 

नियमानुसार विदेशमा रहेका नेपाली कामदारका परिवारले बढीमा एक पटकको लागि रु. १५ हजार देखि रु ५० हजार सम्म स्वास्थ्य उपचारमा सहयोग पाउन सक्छन ।

के छन् प्रक्रिया ? 

१. वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेका कामदारका परिवालाई उल्लेख भए अनुसारको रोग लागेमा अस्पतालमा जाँच गराउनु पर्ने छ ।

२. वैदेशिक रोजगारमा रहेको कामदारको राहदानीको फोटो भएको पाना, श्रम स्वीकृतीका स्टिकर भएको पाना र नेपालवाट विदेश जाँदा अध्यागमनले लगाएको arrival/departure को छाँप भएको पानाको छाँया प्रति मगाउने ।

३. वोर्ड सचिवालयमा उपलव्ध निवेदनको ढाँचामा विरामी स्वयम् उपस्थित भई तल उल्लेखित कागजात सहित निवेदन पेश गर्ने ।

४. वैदेशिक रोजगार विभागमा निवेदन दिई श्रम स्वीकृतिको पत्र तयार पार्ने । (निवेदनको ढाँचा विभागमा उपलव्घ हुने)

५. निवेदन तथा श्रम स्वीकृतीको पत्र वाहेक अन्य सम्पूर्ण कागजातहरुको छाँया प्रति (फोटो कपि) तयार गर्ने र सम्पूर्ण छाँया प्रतिहरुमा स्वीकृति प्राप्त नोटरी पव्लिकवाट नोटरी गराउने ।

६. तल उल्लेख भएका सम्पूर्ण कागाजत तयार गरी वोर्ड समक्ष्य निवेदन दिने । उक्त निवेदन विषेशज्ञ समिति समक्ष पेश हुने र उक्त समितिको वैठक आवश्यकता अनुसार वस्ने भएकोले यस्ता निवेदन उपर कारवाही हुन केही दिन लाग्ने हुन्छ । निवेदन उपर निर्णय भए पश्चात वोर्ड सचिवालयले निवेदकले निवेदनमा उल्लेख गरेको फोन नंम्वरमा सम्पर्क गराउने छन् ।

७. निर्णय भएको खवर प्राप्त भए पश्चात तोकिएको समयमा a/c Payee चेक तयार हुने छ सो वुझ्न निवेदकको पासपोर्ट साइजको फोटो एक र सक्कल नागरिक्ता वा जन्म दर्ता (नावालकको हकमा सहित सम्पर्क गर्नु पर्ने छ ।

निवेदनका साथ पेश गर्नुपर्ने काजगातहरु :-

१. रित पूर्वक भरेको निवेदन

२. कामदारको श्रम स्वीकृतीको प्रतिलिपि

३. बिरामीको पासपोर्टको प्रतिलिपि (श्रम स्वीकृतिको स्टीकर समेत देखिने)

४. कामदार विदेश गएको प्रमाणित हुने कागजात (राहदानीमा लगाएको Departure sticker

५. कामदार र विरामी विचको नाता खुल्ने प्रमाण

६. रोग स्पष्ट खुल्ने अस्पतालमा जाँच गराएको कागजात

७. विरामीको नागरीकाताको प्रतिलिपि (नावालकको हकमा जन्म दर्ताको प्रतिलिपि)

८. विरामीको १ प्रति पासपोट साइजको फोटो

९. विरामीलाई आर्थिक समस्या परेको स्व-घोषणपत्र

निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।

रितपूर्वक प्राप्त भएका निवेदनहरुलाइ विशेषज्ञ समितिको वैठकमा पेश गरि विशेषज्ञ समितिको निर्णयानुसार उपचार खर्च उपलव्ध गराइने ।

थप जानकारीको लागि:- 

वैदेशिक रोजगारी प्रवर्द्धन बोर्ड

नयाँ बानेश्वर, काठमाडौँ 

फोन: ००१-४१०५०६८, ४१०५०६२

निशुल्क फोन: १६६००१-५०००५

इमेल: info@fepb.gov.np

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक छ : प्रदीप ज्ञवाली अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको दावी गरे रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भए तीनकुने घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ आयोजना हुँदै प्रधानमन्त्रीले शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ बताए साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि भिसामा प्रतिबन्ध लगायो यातायात मन्त्रालयले मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलमलाइ राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले राष्ट्रपति भवन नजिकै धर्ना दिए ७ प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार आलुको मूल्य कति छ ? काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए