३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको सामाजिक सुरक्षामा तीन लाख नेपाली, के-के पाउँछन सुविधा ?

१ फाल्गुन २०७७, शनिबार ०३:४१

फागुन १, काठमाडौँ | मलेसियामा कार्यरत नेपालीले पनि त्यहाँको सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन्। मलेसिया सरकारले २०१९ देखिनै लागू गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत २ लाख ९८ हजार नेपाली श्रमिक सहभागी भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मलेसियामा कार्यरत नेपालीलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा सहभागी हुन दिने निर्णय गरेको छ । योसँगै उनीहरु योजनामा सहभागी हुन पाउने भएका छन् ।

मलेसियाले निजी क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी श्रमिकको सामाजिक सुरक्षा ग्यारन्टी गरेको छ । योजनामा रोजगारदाता कम्पनीमार्फत उनीहरू यसमा सहभागी भएका हुन् । नेपाल सरकारले समझदारीपत्रमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ । त्यसै अनुसार तोकिएको सुविधा सम्बन्धित श्रमिक वा परिवारलाई वितरण गर्न वैदेशिक रोजगार बोर्डसँग सम्झौता गर्न लागिएको छ । मलेसियामा रोजगारदाताले आफूसँग काम गर्ने श्रमिकलाई अनिवार्य रूपमा यस्तो सुविधामा सहभागी गराउनुपर्छ । कुनै कम्पनीले सुविधा नदिए कारवाही हुन्छ । वैधानिक रूपमा मलेसिया गएका श्रमिकले मात्रै सामाजिक सुरक्षा कार्यक्रमको सुविधा पाउनेछन् । यसका धेरै फाइदा हुन्छ । 

मलेसियामा रहेका नेपालीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने काम २०१९ देखिनै भइरहेकोमा अहिले मलेसिया जाने नयाँ श्रमिकले मलेसिया पुगे लगत्तै स्वतः कार्यक्रमको दायराभित्र पर्छन् । मलेसिया सरकारले श्रमिकलाई  सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नगराउने रोजगारदालाई दुई वर्षसम्म जेल र १० हजार रिंगेटसम्म जरिवाना तिराउने नियम छ । कम्पनीले श्रमिकले पाउने तलब, ओभरटाइम, कमिसन, सेवाशुल्क, वार्षिक बिदा, बिरामी बिदा, मातृत्व बिदा, सार्वजनिक बिदा, खानाभत्ता, आवास भत्तालगायत सुविधा हेरी योगदान गर्नुपर्छ ।

सामाजिक सुरक्षा सुविधा पाउनेहरुले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुनःस्थापनालगायत सुविधा पाउनेछन् । मलेसियामा बिरामी भएपनि यही कोषले औषधि उपचारको सुविधा दिनेछ ।

सामाजिक सुरक्षाअन्तर्गतको घाइते स्किमतर्फ भने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकको १.२५ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ । सुविधा पाएका बैधानिक कामदारहरुले कार्यरत अवधिभित्र मृत्यु भए विदेशी श्रमिकले पाउँदै आएको ९० प्रतिशत तलब परिवारको हकदार सदस्यलाई बाँचुन्जेल दिइनेछ । छोराछोरीले भने २१ वर्षमुनिका भए मात्रै मासिक तलब पाउछन् । 

मृत्यु भएका श्रमिकको मलेसियामै दाहसंस्कार गरे परिवारले २ हजार रिंगिट र शव नेपाल ल्याए ६ हजार ५ सय रिंगिटसम्म खर्च पाउनेछन् । यस्तो खर्च मलेसिया र नेपालबीच सम्झौता भएपछि वैदेशिक रोजगार वोर्ड मार्फत पाइनेछ । यस सम्बन्धमा पुरा जानकारी सम्झौता भएपछि वैदेशिक रोजगार वोर्ड मार्फत पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन