यस्मा तपाइँले अनलाइनबाटै श्रम स्वीकृति कसरी लिन सकिन्छ भन्नेबारे सबै जानकारी पाउन सक्नुहुन्छ । हेर्दा झन्झट जस्तो लाग्छ तर स्टेप बाई स्टेप गर्नु भयो भने यो धेरै सजिलो छ । एक पटक आफूले जानेपछि अर्को पटक गर्न र अरुलाई सिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यस्मा तपाइँले अनलाइनबाटै श्रम स्वीकृति कसरी लिन सकिन्छ भन्नेबारे सबै जानकारी पाउन सक्नुहुन्छ । हेर्दा झन्झट जस्तो लाग्छ तर स्टेप बाई स्टेप गर्नु भयो भने यो धेरै सजिलो छ । एक पटक आफूले जानेपछि अर्को पटक गर्न र अरुलाई सिका"/>
2026-10-07 05:08 AM
काठमाडौँ - KTM

अनलाइनबाटै पुन: श्रम-स्वीकृति लिने तरिका ? (स्टेप बाई स्टेप गाइड)

तलको सबै जानकारी पढेपछि तपाइँले अनलाइनबाटै श्रम स्वीकृति कसरी लिन
सकिन्छ भन्नेबारे सबै जानकारी पाउन सक्नुहुन्छ । हेर्दा झन्झट जस्तो लाग्छ तर स्टेप बाई स्टेप गर्नु भयो भने यो धेरै सजिलो छ 
। एक पटक आफूले जानेपछि अर्को पटक गर्न र अरुलाई सिकाउन पनि सकिन्छ नि ! होइन ? 


के-के विवरण वा कागजात भएमा तपाई आफैले अनलाइनबाट पुन: श्रम स्वीकृति पाउन सक्नुहुन्छ ? 

(क) कम्पनीको विवरण

– कम्पनी रहेको देश

– कम्पनीको नाम

– देशमा चल्ने मुद्रा

(ख) सुविधाको विवरण

– दक्षता (Skill)

– तलब रकम (Salary)

– दैनिक काम गर्ने घण्टा

– साप्ताहिक काम गर्ने घण्टा

– अन्य विवरणहरु

(ग) भिसाको विवरण

– भिसा नम्वर

– भिसा जारी मिति

– भिसा समाप्त मिति

– सम्झौता अवधि

(घ) पेश गर्नुपर्ने कागजातहरु

– पुरानो श्रम स्वीकृति

– दक्षताको प्रमाणपत्र

– सम्झौता पत्र

– अध्यागमनको छाप

– पासपोर्ट

– भिसा

– दुतावासको पत्र* (आवश्यक भएमा मात्र)

अन्य जान्नुपर्ने कुराहरु:

– सामान्यतया फारम बुझाएको १ साताभित्र पुन: श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ ।

– पुन: श्रम स्वीकृतिको स्टिकर तपाइँको User ID भएको ईमेलमा पनि आउँछ ।

– रिजेक्ट भएको खण्डमा कारण सहितको म्यासेज पनि त्यहि इमेलमा आउँछ, त्यसैले आफ्नो ईमेल चेक गरिरहनुहोला ।

१. अनलाइनबाट श्रम स्वीकृति नविकरणको निवेदन फारम भर्ने तरिका

– पुन: श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.dofe.gov.np मा जानुहोस् । 

– आफ्नो Username (Email ID) र Password राखेर साइन-इन गर्नुहोस् । यदी तपाइँलाई यो सिस्टममा आफ्नो इमेल के राखेको थाहा छैन भने तलको एरोले देखाएको Re-Entry Registration(पुन:श्रम स्वीकृतिको लागि) मा क्लिक गर्नुहोला ।  

– Re-Entry Registration (पुन:श्रम स्वीकृतिको लागि) मा क्लिक गरेपछि तपाइले आफ्नो पासपोर्ट नम्वर हानेर आफ्नो इमेल के राखिएको थियो जानकारी पाउनुहुन्छ । यदी तपाइँको इमेल तपाइले अहिले चलाईरहेको वा तपाईले खोल्न सक्ने इमेल हो तर पासवर्ड थाहा छैन भने तपाईले माथिको फोटोमा दिएकै होममा पेजमा आएर Forget पासवर्ड गर्नुहोस्, त्यसपछि खुल्ने पेजमा आफ्नी इमेल ID हानेर नयाँ पासवर्ड चेन्ज गर्ने प्रक्रियामा अगाडी बढ्नुहोस् । यसो गर्दा तपाइँको इमेलमा गएर तपाइँले नयाँ पासवर्डको लागि प्रक्रिया चाल्न सक्नुहुन्छ । 

तर तलको तस्विरमा दिएको जस्तो इमेल तपाइँको होइन, यस अघि अरुलेनै श्रम स्वीकृति निकाल्दा jpt इमेल हालिदिएको हो भने तपाइले बिभागमा निवेदन दिएर आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ । पासवर्ड रिसेट गर्ने प्रक्रियाको लागि तपाइँको सहजताको लागि हामीले एउटा निवेदनको नमुना अपडेट गरेका छौं, तपाइले उक्त निवेदन नमुना वर्ड फाइलमा डाउनलोड गर्न वा कपि गर्न Play Store मा गई ‘Baideshik Rojgar’ एप डाउनलोड गर्नुहोस् । एपको बायाँ साइडमा रहेको तीन धर्का ☰ मा क्लिक गरि महत्वपूर्ण जानकारीमा क्लिक गरेपछि निवेदन नमुनाहरुमा क्लिक गरेपछि भेट्न सक्नुहुन्छ । अब उक्त नमुना फारमलाई डाउनलोड गरेर वा कपि गरेर आफ्नो सबै विवरण भरी बिभागको [email protected] मा इमेल पठाउनुहोला । बिभागले तपाइँको इमेलको पासवर्ड रिसेटको रिप्लाई गर्नेछ । अब तपाइले आफ्नो ID (तपाइँको इमेल ID ले भएन भने पहिले राखेको इमेल ID हानेर पनि प्रयास गर्न सक्नुहुन्छ ।) त्यस्तै पासवर्ड हान्नुहोस् । सिस्टम खुल्छ ।

अब के गर्ने ? 

(Step 1) Re-Entry (1) लेखेको ठाउँमा क्लिक गर्नुहोस् र Individual Reentry Request (2) विकल्प छनौट गर्नुहोस् ।

(Step 2)  Request मा क्लिक गर्नुहोस् ।

(Step 3) Ok मा क्लिक गर्नुहोस् ।

 

(Step 4)  Branch Token info अन्तर्गत Select Branch मा क्लिक गरेर, 

(Step -5) Online Branch मा क्लिक गर्नुहोस् । 

(Step 6) अब मिति सहितको (Token Remaining) को अगाडी Select गर्नुहोस् 

(Step 7) Ok मा क्लिक गर्नुहोस् 

(Step 8) मा गएर Submit गर्नुहोस् 

२. श्रम स्वीकृति नविकरणको लागि फारम भर्ने तरिका

# तल याद राख्नुहोला ९ नम्बरको काम Approve हुँदासम्म तपाइँले बिमा र कल्याणकारी कोषमा पैसा तिरेको हुनुपर्छ | तिर्नू भएको छ भने १० नम्बरमा Insurance मा र Cash Deposit मा ठिक चिन्ह लाग्छ | 

बिमाको पैसा कसरी तिर्ने ? 

यदि तपाई इसेवा प्रयोग गर्नुहुन्छ वा तपाइँको परिवारमा कसैले चलाउनुहुन्छ भने,

१. इसेवा एप लगिन गर्नुहोस् 

२. सबैभन्दा माथि सर्च बटनमा क्लिक गरेपछि ‘Foreign Employment Insurance Fund’ लेखिएको आइकनमा क्लिक गर्नुहोस् । 

३. Individual अन्तर्गत Insurance Company मा क्लिक गरेपछि Sun Nepal Life Insurance Company Ltd ​देखाउँछ, त्यसलाई छान्नुहोस् ।  

४. अब आफ्नो Passport No राख्नुहोस् । (तपाइको पासपोर्टको आधारमै बिमा रकम कति लाग्छ थाहा हुन्छ)  

५. तपाइले कति बर्षको श्रम गर्न चाहनु भएको हो ? त्यस अनुसार बर्ष छान्नुहोस् । विवरण सबै ठिक छ/छैन प्रमाणित गरी Proceed मा क्लिक गर्नुहोस् । 

कल्याणकारी कोषको रकम कसरी तिर्ने ? 

कल्याणकारी कोषको पैसा पनि इसेवाबाट नै तिर्न सकिन्छ । 

१. इसेवामा लगइन हुनुहोस् । 

२. इसेवाको सबैभन्दा माथि रहेको सर्च बटनमा क्लिक गर्नुहोस् जसमा “Foreign Employment Insurance Fund” लेखेको आइकनमा थिच्नुहोस् । भेट्नु भएन भने आफैले टाइप गरेर पनि खोज्न सकिन्छ । 

३. व्यक्तिगत रूपमा शुल्क बुझाउँदै हुनुहुन्छ भने ‘Individual’ मा क्लिक गर्नुहोस् । 

४. आफ्नो पासपोर्ट नम्बर हाल्नुहोस् । (याद राख्नुहोस् तपाइँले https://feims.dofe.gov.np/sf/sfLogin.aspx मा गएर आफ्नो विवरण सबै राखेर मात्र कल्याणकारी कोष र बिमामा पैसा तिर्न मिल्छ ।) 

५. अब Proceed मा क्लिक गर्नुहोस् । 

६. तपाइँले आफ्नो विवरण देख्न पाउनुहुन्छ सबै विवरण ठिक छ भनी प्रमाणित भएपछि शुल्क तिर्नुहोला । (याद राख्नुहोला, तिरिसकेको पैसा फिर्ता लिन मिल्दैन ।) 

—

३. श्रम स्वीकृतिको स्टीकर प्रिन्ट गर्ने तरिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो