४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

पोल्याण्डबाट दुई हप्ता अघि मात्रै पोर्चुगल आएका गोरखाका चेक बहादुरको मृत्यु, क्यान्सर रोगी बुवा र परिवारको बिचल्ली

२६ कार्तिक २०८०, आईतवार ०७:४५

कार्तिक २६, काठमाडौँ | गोरखा सिरानचोक गाउँपालिका वडा नं. २ माथिल्लोपाम ताकमारे स्थायि घर भएका चेक बहादुर गुरुङको पोर्चुगलको पिगोएस भन्ने ठाँउमा कार्तिक २३ गते (नोभेम्बर ९ तारीख) मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैत्र २७ गते पोल्याण्ड आएका उनि करीव सात महिना पोल्याण्डमा काम गरेर दुई हप्ता अघि मात्रै पोर्चुगल प्रवेश गरेको पारिवारले जानकारी दिएका छन्।

उनि पोर्चुगल पुगेता पनि काम नपाएर बसेको र हिजो कार्तिक २३ गते (नोभेम्बर ०९) बाट काम सुरु गर्ने जानकारी उनले परिवारलाई दिएका थिए । अघिल्लो दिन मात्रै भोलि दिउँसो कामको लागि सम्झौता गर्न जाने भनेका चेक बहादुर मृत अवस्थामा भेटिएको संगै पोर्चुगल गएकी साथी मिना शर्मा अधिकारीले जानकारी दिएको पारिवाको भनाई छ ।


उनको शव पोस्टमार्टमको लागि स्थानिय अस्पताल पुर्याइएको पोर्चुगलमा कार्यरत गोरखा मकैसिङ निवासी प्रदिप अधिकारीले जानकारी दिए ।

घरमा उनका वुवा क्यान्सर रोगबाट ग्रसित छन् । वुवाको उपचार खर्च जुटाउन तथा छोरा-छोरीको उज्ज्वल भविश्यका लागि आफन्त र छिमेकीसंग ऋण खोजेर उनि विदेश गएका थिए ।

कमाउन गएको छोरो अचानक मृत्यु हुँदा घरपरिवारको बिचल्ली हुने भएको छ । आर्थिक संकटको कारण मृतकको शव नेपालमा कसरी ल्याउने भन्ने ठुलो चिन्ता परेको छ । सास फेला नपारे पनि मेरो छोराको लास नेपाल झिकाई दिन नेपाल सरकार र विदेशमा रहेका विभिन्न संघ-संस्थाहरुसंग पिता लिला बहादुर गुरुङ र माता बिच माया गुरुङले हारगुहार गरिरहेका छन् ।

यसैगरी मृतक गुरुङको शव छिटो नेपाल झिकाइदिन परराष्ट्रमन्त्रीको सचिवालयले नेपाली राजदूतावास फ्रान्समा पत्राचार गरेको छ । साथै, सिरानचोक गाउँपालिकाले शव नेपाल झिकाउन गैरआवसीय नेपाली संघ पोर्चुगललाई र आर्थिक सहयोगका लागि तमु समाज पोर्चुगललाई छुट्टाछुट्टै पत्राचार गरेको स्रोत को भनाई छ । चेक बहादुर गुरुङको श्रीमती, दस वर्षिय एक छोरी र चार बर्षका छोरा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट