२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

मदिरा सेवनले मस्तिष्क खुम्चिन सक्छ

३० आश्विन २०८०, मंगलवार ०९:४०

एजेन्सी | के तपाई मदिरा सेवन गर्नु हुन्छ ? मदिरा सेवन गर्नेहरूको मस्तिष्क खुम्चने नयाँ अध्ययनले देखाएको छ । नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्यूज एन्ड अल्कोहलिजमले गरेको नयाँ अध्ययनअनुसार मदिरा सेवन कम गर्दा वा छाड्दा मस्तिष्कको स्वास्थ्यमा बिस्तारै सुधार आउने देखिएको छ । 


मदिरा सेवनले आफ्नो स्वास्थ्य, सामाजिक जीवन र जागिरमै प्रतिकूल असर पारिरहँदा पनि छाड्न नसक्ने अर्थात् एयूडीग्रस्त मानिसहरूले मदिराको खपत कम गर्दा मस्तिष्कको स्वास्थ्यमा केही भए पनि सुधार आएको अध्ययनमा पाइएको छ ।

अध्ययनअनुसार एयूडीग्रस्त मानिसहरूले मदिराको खपत कम गर्दा वा सेवन पूरै बन्द गर्दा थेग्नै नसक्ने गरी खानेको तुलनामा मस्तिष्कमा कोर्टेक्सको आयतन बिस्तारै फुकेको छ । 

मदिरा सेवन घटाएर जोखिम कम हुने तहसम्म ल्याउनेहरूको मस्तिष्कको आयतन पनि लगभग नखानेकै स्तरमा फर्किएको पाइएको छ । पूरै छाड्न नसक्नेहरूले मदिरा सेवन घटाउँदा पनि फलदायी भएको अध्ययनमा पाइएको छ । यो अध्ययनमा २० देखि ७० बर्सबिचका एयूडीग्रस्त ६८ जनालाई समावेश गरिएको थियो ।

यिनीहरुलाई सोही उमेर समूहका मदिरा खाँदै नखाने वा थोरै मात्रै खाने ३४ जनाको कन्ट्रोल ग्रुपसँग दाँजिएको थियो । मस्तिष्कको विभिन्न हिस्सामा कोर्टेक्सको आयतन हेर्न एमआरआइएको प्रयोग गरिएको थियो । 

मदिरा सेवन गर्दा मस्तिष्कका कोषहरु नष्ट हुन्छन् । अलिअलि मदिरा खाँदा पनि हिप्पोक्याम्पस खुम्चिन्छ । हिप्पोक्याम्पस न्यूरोजेनेसिसमाफर्त निरन्तर नयाँ न्यूरोन्स बन्ने मस्तिष्कको युनिक हिस्सा हो । उच्च मात्रामा रक्सी सेवन गर्दा यो प्रक्रिया बिथोलिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली