2026-10-24 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ

काठमाडौँ | ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले ‘मनको कुरा गरौँ’ नाराका साथ उक्त अभियानको आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

उहाँले युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध रहेको जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहको सरकारसँगको समन्वयमा समुदायमा स्तरमा समुदायमा परामर्शदाता परिचालन गरेर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको बताउनुभयो ।

मन्त्री डा गौतमले मानसिक समस्या भएका मानिससँग बोल्ने, मनका कुरा सुन्दिने गर्नुपर्ने भन्दै उहाँले त्यो नगर्दा भित्रभित्रै गुम्सिदै कडा रुप लिन सक्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यको औषधि सबैतिर पाउने गरी विवरण गरिएको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य समस्यालाई उजागरण गर्दै निराकरण गर्नका लागि मन्त्रालयका लागिपरेको बताउनुभयो ।

उहाँले सङ्घअन्तर्गतका सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध रहेको जानकारी दिनुभयो । उहाँले मानसिक स्वास्थ्य नीति र रणनीतिको कार्यन्वयनको सुस्त रहेकाले यसलाई प्राथमिकता राखेर काम गर्ने बताउनुभयो ।

मन्त्री डा गौतमले मानसिक स्वास्थ्यमा प्राथमिकता दिएर बढी बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले घरबाट टाढा विदेशमा रहेका श्रमिक र फर्केर आएका श्रमिकको मानसिक स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरुको मानसिक स्वास्थ्यमा काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरेको जानकारी दिनुभयो ।

उहाँले तीन महिनासम्म मानसिक स्वास्थ्यमा हामी सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले तीन महिनासम्म सञ्चालन हुने अभियानमा मानसिक रोगबारे जानकारी, पारिवारिक तथा सामुदायिक साहारा, भेटघाट, तनाव कम गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा केशरवहादुर ढकालले नेपालमा मानसिक स्वास्थ्य गम्भीर तर पनि पर्याप्त मात्रामा महत्व नपाएको हो । उहाँले १० जनामध्ये एक जना जीवनको कुनै न कुनै मोडमा मानसिक स्वास्थ्य समस्या झेल्नुपरेको उल्लेख गर्दैै मानसिक स्वाथ्य व्यक्तिगत नभई जनस्वास्थ्यको आधारभूत समस्या रहेको बताउनुभयो ।

उहाँले विभागको नेतृत्वमा आधारभूत स्वास्थ्य सेवामा मानसिक सवास्थ्य सेवा प्रदान गर्नुको साथै आवश्यक ठाउँमा निःशुल्क औषधि वितरण गरिरहेको समेत बताउनुभयो ।

जिल्ला र प्रदेश अस्पतालमा पनि बहिरङ्ग र अन्तरङ्ग सेवा विस्तार गर्न थालिएको समेत उहाँले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अनिता निरौलाले मनको स्वास्थ्य सवल बनाउनका लागि प्रयायाम, मनको कुरा गर्ने अवसर खानपान आहारविहार जीवनशैली, सत्य बोल्ने, पारदर्शि व्यवहार गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो विचार मात्र नभए अरुको विचारलाई पनि कदर गर्नाले मानसिक स्वास्थ्य सवल बनाउने बताउनुभयो । उहाँले यसभन्दा अघि शारिरीक स्वास्थ्यमा धेरै लगानी गरेको भन्दै स्वथ्य जीवनशैलीको महत्वपूर्ण अङ्ग मानसिक स्वास्थ्यमा लगानी गर्नुपर्ने बताउनुभयो । मन्त्रालयले आजदेखि फागुनसम्म मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने