१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

महिनावारीका बेला नगर्नुहोस् यी काम

५ बैशाख २०८१, बुधबार ०८:२१

काठमाडौँ । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । जुन हरेक महिना महिलालाई हुन्छ । तर, महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यो बेला यस्ता केही बानी वा काम छन् जो गर्नु हुँदैन ।

फास्ट फूड खानु

महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फूड खानु हुँदैन । यस्तो खाँदा शरीरलाई आवश्यक भिटामिन र मिनरल्स प्राप्त हुँदैन र शरीर कमजोर हुन थाल्दछ ।


पर्याप्त नसुत्नु

महिनावारीको क्रममा कम्तीमा पनि ८ घण्टा सुत्नु पर्दछ । अन्यथा पर्याप्त निन्द्रा पुगेन भने शरीरले आराम पाउँदैन । यस्तोमा टाउको दुख्ने र शरीर दुख्ने लगायतका समस्या हुन्छ ।

व्रत बस्नु

महिनावारीका बेला शरीरलाई भिटामिन र मिनरल्सको आवश्यकता पर्दछ । त्यसैले यो बेला व्रत बस्दा शरीरले पोषण पर्याप्त पाउँदैन । यस्तोमा विभिन्न स्वास्थ्य समस्या हुनसक्छ ।

शारीरिक सम्बन्ध राख्नु

कतिपय महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा केही नहुने तर्क गर्छन् । तर यो बेला शारीरिक सम्बन्ध राख्दा संक्रमणको खतरा बढ्ने गर्दछ । साथै पीडा पनि बढ्न सक्छ ।

अत्यधिक व्यायाम गर्नु

महिनावारीको क्रममा अत्यधिक व्यायाम गर्दा शरीरमा रक्तसञ्चार बढ्ने गर्दछ । यस्तोमा पेट दुखाई र अत्यधिक रक्तश्राव पनि हुन सक्छ । तर व्यायाम नगर्ने भन्ने चाहिँ होइन ।

सरसफाइमा ध्यान नदिनु

महिनावारीको क्रममा शरीरलाई सफा नराख्दा थुप्रै स्वास्थ्य समस्या हुनसक्छ । त्यसैले प्याड, कपडा वा अन्य सामाग्री नियमित निर्मलीकरण वा सफा गरेर मात्र लगाउनु पर्दछ ।

अन्य कुराहरू

महिनावारी हुँदा गुप्ताङ्गलाई धुन रासायनिक उत्पादनको प्रयोग गर्नु हुँदैन । यसले पीडा र संक्रमण बढ्ने खतरा निम्तिन सक्छ । यसका अलावा महिनावारीका बेला धेरै मात्रामा कफी पिउँदा शरीरमा पानीको मात्रा कम हुन्छ । साथै पेट दुखाईको समस्या बढाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग