२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

दुई सहकारीको अर्बौं रकम अपचलन गरी फरार रहेका कांग्रेस नेता सीबी लामा पक्राउ

१८ जेष्ठ २०८१, शुक्रबार ०७:३८

जेठ १८, काठमाडौँ । दुई सहकारी कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन् । उनी नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एसएसपी सानुराम भट्टराईका अनुसार उनीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ। फरार सूचीमा रहेका लामालाई आज पक्राउ गरिएको उनले बताए।


लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन र हाल पशुपति सेभिङ एण्ड कोअपरेटिभका अध्यक्ष हुन् । उनीमाथि कान्तिपुर सहकारीले बचतकर्ताको ६ अर्ब ७८ करोड रूपैयाँ र पशुपति बचत तथा ऋण सहकारीले १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा बचतकर्ताको उजुरी परेको छ । 

लामासहित कान्तिपुरका सञ्चालकले बचतकर्ता र सेयरधनीको रकमबाट घरजग्गा, निजी व्यवसायमा लगानी गरेका थिए ।

 यी दुवै सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ । कान्तिपुर सहकारी गत फागुन ३ गते र पशुपति सेभिङ एण्ड क्रेडिट गत साउन १ गते समस्याग्रस्त घोषणा भएको हो ।

कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए। फागुन ०८० मा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो। कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन