१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

अनन्त- राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा केट पेरीको परफरमेन्स

१८ जेष्ठ २०८१, शुक्रबार ११:४८

जेठ १८, काठमाडौँ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्वको दोस्रो समारोह इटालीमा जारी रहेको छ । अनन्त अम्बानीले राधिका मर्चेन्टसँग जुलाई १२ मा मुम्बईमा विवाह गर्दैछन् । हलिउड गायिका केटी पेरीले यो दोस्रो प्रि-वेडिङ समारोहमा प्रस्तुति दिने भएकी छन् ।

हलिउड गायिका केटी पेरीले कान्समा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ पार्टीमा प्रस्तुति दिने छिन् । शुक्रबार साँझ आयोजना गरिने पार्टीमा पेरीले प्रस्तुति दिने बताइएको छ । यसका लागि केटीलाई लाखौँ डलरको चेक दिइएको बताइएको छ । तर उनले ठ्याक्कै कति रकम लिइन् भन्ने खुलासा भएको छैन । यो एक मास्करेड बल पार्टी हुन गइरहेको छ, जसमा उपस्थित सबै अतिथिहरूले आफ्नो अनुहारमा मास्क लगाउनेछन् । यस पार्टीका लागि अम्बानी परिवारले कान्समा ४ करोड पाउण्डको भिला बुक गरेको छ । ५ घण्टासम्म चल्ने यस पार्टीमा पाहुनाका लागि ठूलो आतिशबाजीको पनि आयोजना गरिएको बताइएको छ । 


यसअघि, क्रुजबाट लोकप्रिय ब्यान्ड ब्याकस्ट्रिट ब्वाईजको प्रदर्शनको भिडियो अनलाइन बाहिर आएको थियो । भाइरल क्लिपले निक कार्टर, होवी डोरो, ब्रायन लिट्रेल, एजे म्याक्लिन र केभिन रिचर्डसन समावेश भएका ब्याकस्ट्रिट केटाहरू देखाउँछन्, सबै सेतो पहिरन लगाएर उनीहरूको लोकप्रिय ट्र्याक 'आई वाना बी विथ यू' गाउँदै क्रूज भीडमा पुगेका छन् ।

यस अघि जामनगरमा भएको पहिलो प्रि-वेडिङ सेरेमनीमा अन्तर्राष्ट्रिय गायिका रिहानाले परफॉर्म गरेकी थिइन् जसको लागि उनलाई ७४ करोड भारु दिइएको चर्चा थियो । 

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ । तीन दिनसम्म चल्ने यो भव्य समारोह मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन