१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

२६ असार २०८२, बिहीबार १५:१०

काठमाडौँ । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछि कञ्चनपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा खोजी तथा नष्ट गर्ने सम्बन्धी पालिकाहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले डेंगु नियन्त्रणको सुरुवात घरआँगन सफा राख्ने र पानी जम्ने ठाउँ हटाउने कार्य शुरु गरिएकोे बताउनु भयो ।

उहाँका अनुसार डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेको बासस्थान नष्ट गर्ने, त्यसका लागि पानी जम्ने ठाउँहरू (फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर, ट्यांकी, प्लास्टिकका भाडाहरू आदि) सफा राख्ने कार्य बारे समाजका अगुवाहरुलाई भेला गरेर जानकारी दिने कार्य भैरहेको छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न ठाउँमा गएर लामखुट्टे लार्भा पहिचान गर्ने तरिका सिकाउने, पानी जम्मा हुने ठाउँहरूमा सर्भे गरी सचेतना फैलाउने लगायतका कार्यक्रम भैरहेको उहाँको भनाई रहेको छ ।

पानी राख्ने भाँडाहरू ढाकेर राख्ने, बिहान र दिउँसो लामखुट्टे बढी सक्रिय हुने समय भएकाले त्यो बेला लामो बाहुला भएका कपडा लगाउने,शरीर खुला नराख्ने, लामखुट्टे भगाउने क्रिमको प्रयोग गर्ने,घरभित्र र वरिपरि सफा राख्ने,झ्याल, ढोकामा जाली लगाउने,सुत्ने बेला झुलको प्रयोग गर्नु पर्दछ भन्ने कुरा कार्यक्रमका माध्यबाट सचेत पार्ने कार्य भैरहेको उहाँले उल्लेख गर्नु भयो ।
“टुक्रा–टुक्रा प्लास्टिक, टिनका डब्बा, भाँचिएका भाँडाहरू खुला ठाउँमा नराख्ने,डेंगुका लक्षण (ज्वरो, टाउको दुख्ने, हड्डी दुख्ने, आदि) भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानु पर्दछ” उहाँले भन्नुभयो । पालिकाहरु संग समन्वय गरी डेंगु विरुद्धको सचेतनामूलक कार्यक्रम भैरहेको उहाँले बताउनु भयो ।

उहाँले डेंगु रोग, यसको लक्षण, लामखुट्टेको जीवनचक्र र नियन्त्रणका उपायबारे जानकारी दिनु हुदै डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले सार्ने रोग रहेको बताउनु भयो ।
“डेंगु सार्ने लामखुट्टेले प्रायः बिहान र दिउँसो टोक्ने गर्छ” उहाँले भन्नुभयो, “यसको जीवनचक्रमा अण्डा, लार्भा, प्युपा र वयस्क चरण पर्दछ, लार्भा पानीमा विकसित हुने भएकाले पानी जम्ने भाँडाकुडा यसको मुख्य स्रोतका रुपमा रहेका छन ।”

पानी जम्ने भाँडाकुडाको पानी फाल्ने कार्य गर्नु पर्ने उहाँले उल्लेख गर्नु भयो । डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुखाइ हुने आँखाको पछाडि दुखाइ हुने, मांसपेशी र हड्डी दुख्ने, आदी हुने गरेको उल्लेख गर्नु हुदै उहाँले डेंगु रोगको कुनै विशेष औषधि नभएकोले पूर्व सतर्क रहि रोगको संक्रमण गराउने लामखुट्टेको टोकाईबाट बच्नु मुख्य उपाय रहेको बताउनु भयो ।
“शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम सम्पन्न गरि सकेका छौं” उहाँले भन्नुभयो, “कृष्णपुर नगरपालिकाका दुई ठाउमा कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको छ, अन्य डेंगुको जोखिम देखिएका ठाउमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना छ । डेंगु रोग नियन्त्रणको लागि व्यक्तिगत सरसफाइ, सामुदायिक सचेतना र सरकारी निकायबीचको सहकार्य अत्यन्तै जरुरी रहेको छ” पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भन्नुभयो, “यस सचेतनामूलक कार्यक्रमले डेंगु नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिएका छौ ।”
कञ्चनपुरमा चालु आबको साउन महिनादेखि हाल सम्म २९ जना व्यक्तिमा डेंगुको संक्रमण देखा परेको छ । वर्षाको समयमा अझै डेंगुको संक्रमण बढन सक्ने भएकाले सचेत हुनु पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । –––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल