२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उँटको आँशुमा अद्भुत शक्ति: मरुभूमिको जहाज देखि जीवनरक्षक औषधिसम्म

२०८२, २६ असार बिहीबार १७:३१

काठमाडौँ । उँटको आँशु अब केवल भावनाको प्रतीक मात्र नभई ज्यान जोगाउने सम्भावित औषधिको स्रोत बन्ने देखिएको छ। भारतको बीकानेरस्थित उँट अनुसन्धान केन्द्र र दुबईको सेन्ट्रल भेटेरिनरी रिसर्च ल्याबको संयुक्त अनुसन्धानले उँटको आँशुमा २६ प्रकारका सर्पहरूको विषको उपचार क्षमता भएको पत्ता लागेको छ।

अनुसन्धानकर्ताहरूले उँटलाई सानो मात्रामा सर्पविष दिँदै प्रतिरक्षा प्रतिक्रिया विकास गरे, जसबाट प्राप्त रगत र आँशुमा रहेको एन्टिबडीले न्युरोटक्सिन र हिमोटक्सिनजस्ता विषहरूसँग लड्ने शक्ति देखायो।

यी एन्टिबडीहरू न्यानोबडी नामक साना अणुहरू हुन्, जुन शरीरको गहिरो भागसम्म पुग्न सक्षम हुन्छन्, एलर्जीको खतरा कम हुन्छ र तातो तापक्रममा पनि स्थिर रहन्छन्।

परम्परागत एन्टिभेनम महँगो, सीमित र क्षेत्रविशेषमै प्रभावकारी हुने भए पनि उँटको आँशुबाट बन्ने एन्टिभेनम सस्तो, सुरक्षित र व्यापक रूपमा उपयोगी हुने सम्भावना देखिएको छ। साथै, बीकानेर, जैसलमेर र जोधपुरका उँटपालकहरूले रगत र आँशु प्रदान गरी प्रति उँट मासिक रु. ५,००० देखि १०,००० सम्म आम्दानी गर्न थालेका छन्, जसले उनीहरूको जीवनस्तर सुधारसँगै उँट संरक्षणमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यद्यपि यो अनुसन्धान प्रारम्भिक चरणमा रहेको र थप परीक्षण आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे