२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उँटको आँशुमा अद्भुत शक्ति: मरुभूमिको जहाज देखि जीवनरक्षक औषधिसम्म

२६ असार २०८२, बिहीबार १७:३१

काठमाडौँ । उँटको आँशु अब केवल भावनाको प्रतीक मात्र नभई ज्यान जोगाउने सम्भावित औषधिको स्रोत बन्ने देखिएको छ। भारतको बीकानेरस्थित उँट अनुसन्धान केन्द्र र दुबईको सेन्ट्रल भेटेरिनरी रिसर्च ल्याबको संयुक्त अनुसन्धानले उँटको आँशुमा २६ प्रकारका सर्पहरूको विषको उपचार क्षमता भएको पत्ता लागेको छ।

अनुसन्धानकर्ताहरूले उँटलाई सानो मात्रामा सर्पविष दिँदै प्रतिरक्षा प्रतिक्रिया विकास गरे, जसबाट प्राप्त रगत र आँशुमा रहेको एन्टिबडीले न्युरोटक्सिन र हिमोटक्सिनजस्ता विषहरूसँग लड्ने शक्ति देखायो।

यी एन्टिबडीहरू न्यानोबडी नामक साना अणुहरू हुन्, जुन शरीरको गहिरो भागसम्म पुग्न सक्षम हुन्छन्, एलर्जीको खतरा कम हुन्छ र तातो तापक्रममा पनि स्थिर रहन्छन्।

परम्परागत एन्टिभेनम महँगो, सीमित र क्षेत्रविशेषमै प्रभावकारी हुने भए पनि उँटको आँशुबाट बन्ने एन्टिभेनम सस्तो, सुरक्षित र व्यापक रूपमा उपयोगी हुने सम्भावना देखिएको छ। साथै, बीकानेर, जैसलमेर र जोधपुरका उँटपालकहरूले रगत र आँशु प्रदान गरी प्रति उँट मासिक रु. ५,००० देखि १०,००० सम्म आम्दानी गर्न थालेका छन्, जसले उनीहरूको जीवनस्तर सुधारसँगै उँट संरक्षणमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यद्यपि यो अनुसन्धान प्रारम्भिक चरणमा रहेको र थप परीक्षण आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला