२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

उपचारको पखाईमा कुष्ठरोग लागेका धनवीर

२०८२, २ श्रावण बिहीबार १३:५९
काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित हुनुहुन्छ । उपचारको सट्टा परिवारले छुट्टै राखेको उहाँ अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ । तर हालसम्म उहाँको उपचार हुन सकेको छैन ।
कामीलाई कुष्ठरोग लागेको छ वर्ष भएको र अहिले अवस्था नाजुक भएको नेपाल रेडक्रस सोसाइटी हुम्ला शाखाका मन्त्री अर्जुन बोहराले बताउनुभयो । कुष्ठ रोग लागेको सुरुका दुई वर्षसम्म हिँडडुल गर्न सक्ने हुँदा जिल्ला अस्पताल पुगेर आवश्यक उपचार गराउनु भएको थियो ।
चार वर्षयता भने उहाँको  उपचार हुन सकेको छैन । आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार हुन नसकेको हो । कान कम सुन्ने उहाँ हिँडडुल गर्नै नसक्ने भएपछि शौच गर्न पनि घिस्रेर जाने गर्नुहुन्छ ।
घरको छतमा सानो कोठा बनाएर राखिएको उहाँलाई झुत्रा कपडा ओढ्ने ओछ्याउने व्यवस्था गरिएको छ । उहाँका दुई भाइले एक एक महिनाको आलोपालोमा खानाको व्यवस्था गर्दै आउनुभएको छ ।
कामीले आफूसँग इसारा गर्दै उपचारमा सहयोग गर्न आग्रह गरेको सोसाइटी हुम्ला शाखाका मन्त्री बोहराले बताउनुभयो । आफैँ उपचार गर्न जाने अवस्था नभएका कामीलाई सहयोगी निकायको आवश्यकता छ । कामीलाई सिमकोट गाउँपालिकाले अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ । तर हालसम्म कतैबाट सहयोग प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश