२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

२०८२, ११ पुष शुक्रबार १५:०५

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उहाँले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको रिफर (प्रेषण) केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदको प्रभावकारी र गुणस्तरी उपचार केन्द्रका रूपमा यसलाई विकास गर्नुपर्छ ।”

आयुर्वेद चिकित्सालयलाई अत्याधुनिक, सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्नेतर्फ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उहाँले योग र ध्यानलाई आयुर्वेद उपचारसँगै लैजान सुझाव दिनुभयो । स्वास्थ्य जीवशैली, आहारविहार र व्यवहारलाई आमजनमानससम्म पुर्‍याउन उहाँले आग्रह गर्नुभयो ।

स्वास्थ्य बिमा कार्यक्रमको सुधार अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री गौतमले बिमामार्फत आयुर्वेद उपचारको सुनिश्चतता गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “आयुर्वेदलाई पनि बिमामा जोड्नेमा प्रयास गर्नेछु”, उहाँले भन्नुभयो ।

सोक्रममा मन्त्री गौतमलाई चिकित्सालयका निर्देशक डा वासुदेव उपाध्यायले सेवा प्रवाह, जनशक्तिलगायत विषयमा जानकारी गराउनुभएको थियो । विसं १९७४ मा स्थापना भएको उक्त अस्पताल १०० शय्यामा सञ्चालित छ । सो अस्पतालमा २४ घण्टा नर्सिङ सेवासहित बिरामीको जाँच, निःशुल्क औषधि वितरण, विशेषज्ञ आयुर्वेद र वैकल्पिक चिकित्सा उपचार सेवा प्रदान गरिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै