२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या चार लाख नाघ्यो

१८ असार २०७८, शुक्रबार १०:०५

असार १८, नयाँ दिल्ली (रासस-एएनआई) : भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारभन्दा कम हुदै गएको पाइएको छ ।

दैनिक लाखौँ नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही हप्तादेखि सङ्क्रमितहरुको सङ्ख्यामा कमी आउन थालेको छ । 

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये ९७.०१ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । 

भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच लाख नौ हजार ९६३ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड चार लाख ५८ हजार २५१ पुगको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ३१२ जनाको मृत्यु भएको पनि मन्त्रालयलका अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये ८५३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । 

पछिल्लो २४ घण्टामा भारतमा थप ५९ हजार ३८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई लाख ९५ लाख ४८ हजार ३०२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान