२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

२४ असार २०७८, बिहीबार ११:०९

असार २४, (रासस/सिन्ह्वा) : दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । 

प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन् । 

योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ । 

बुधबार मात्र पनि यहाँ देखिएको १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो । यहाँ बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् । 

दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् । त्यो संख्यामा बृद्धि भएर बुधबार र बिहीबार सङ्क्रमितहरु पाइएको समाचारमा जनाइएको छ । 

यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ । 

यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् । 

बिहीबार देखिएका यी सङ्क्रमितहरुमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा देश कोरोना महामारीको अर्काे वेभमा प्रवेश गरेको बताइएको हो । 

यहाँ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ । जसका कारण यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा