२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार्न सुरु गर्ने

२७ असार २०७८, आईतवार १५:३९

जुलाई ११, टोकियो जापान (एएनआई/सिन्ह्वा) । जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको सरकारका प्रवक्ताले आइतबार जानकारी गराउनुभएको छ । 

घरेलु आर्थिक गतिविधिहरूलाई राहत दिनका लागि ‘खोप राहदानी’ प्रयोग गर्ने बिषयमा छलफल भइरहेको तर अन्तिम निर्णय भने भइनसकेको मुख्य क्याबिनेट सचिव काट्सुनोबु काटोले एनएचके टिभी कार्यक्रममा बताउनुभयो ।

व्यवसायी र सामान्य नागरिकलाई फरक हुने गरी सरकारले निर्णय गर्न नचाहेको तर महामारीका कारण व्यवसायिक गतिविधि रोकिँदा राज्यको अर्थतन्त्रमा पर्ने प्रभाबका कारण सरकारले व्यवसायी तथा विदेशमा कामगर्न जाने नागरिकलाई लक्षित गरेर ‘खोप राहदानी’ बारे छलफल अघि बढाएको उहाँले बताउनुभयो । 

खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ । यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ ।  

जुलाईको अन्त्यसम्म कागजी प्रमाणपत्र को रूपमा यसलाई जारी गरिने छ र पछि यसलाई डिजिटलमा परिणत गर्ने सोच पनि राखिएको छ । 

जापानको केइदानरेन भनेर चिनिने सबैभन्दा ठूलो व्यावासायिक संगठन जापान बिजनेस फेडरेशन कार्यक्रमको क्षमता बढाउन र जापानमा रेस्टुरेन्ट छुटमा पनि प्रमाणपत्र प्रयोग गर्ने सल्लाह दिएको छ ।

खोप प्रमाणपत्रहरू यूरोपेली संघ र दक्षिण पूर्व एशियाली राष्ट्रहरूको सदस्य राष्ट्रहरूमाका अन्तर्राष्ट्रिय यात्रीहरूको लागि पनि पेश गरिएको छ ।

प्रधानमन्त्री योशीहाइड सुगाको सरकारले जापानमा खोप अभियानलाई पछिल्ला केही सातादेखि वृद्धि गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह