२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार्न सुरु गर्ने

२०७८, २७ असार आईतवार १५:३९

जुलाई ११, टोकियो जापान (एएनआई/सिन्ह्वा) । जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको सरकारका प्रवक्ताले आइतबार जानकारी गराउनुभएको छ । 

घरेलु आर्थिक गतिविधिहरूलाई राहत दिनका लागि ‘खोप राहदानी’ प्रयोग गर्ने बिषयमा छलफल भइरहेको तर अन्तिम निर्णय भने भइनसकेको मुख्य क्याबिनेट सचिव काट्सुनोबु काटोले एनएचके टिभी कार्यक्रममा बताउनुभयो ।

व्यवसायी र सामान्य नागरिकलाई फरक हुने गरी सरकारले निर्णय गर्न नचाहेको तर महामारीका कारण व्यवसायिक गतिविधि रोकिँदा राज्यको अर्थतन्त्रमा पर्ने प्रभाबका कारण सरकारले व्यवसायी तथा विदेशमा कामगर्न जाने नागरिकलाई लक्षित गरेर ‘खोप राहदानी’ बारे छलफल अघि बढाएको उहाँले बताउनुभयो । 

खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ । यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ ।  

जुलाईको अन्त्यसम्म कागजी प्रमाणपत्र को रूपमा यसलाई जारी गरिने छ र पछि यसलाई डिजिटलमा परिणत गर्ने सोच पनि राखिएको छ । 

जापानको केइदानरेन भनेर चिनिने सबैभन्दा ठूलो व्यावासायिक संगठन जापान बिजनेस फेडरेशन कार्यक्रमको क्षमता बढाउन र जापानमा रेस्टुरेन्ट छुटमा पनि प्रमाणपत्र प्रयोग गर्ने सल्लाह दिएको छ ।

खोप प्रमाणपत्रहरू यूरोपेली संघ र दक्षिण पूर्व एशियाली राष्ट्रहरूको सदस्य राष्ट्रहरूमाका अन्तर्राष्ट्रिय यात्रीहरूको लागि पनि पेश गरिएको छ ।

प्रधानमन्त्री योशीहाइड सुगाको सरकारले जापानमा खोप अभियानलाई पछिल्ला केही सातादेखि वृद्धि गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार