२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कोरोना संक्रमणदर धेरै भएका नौ जिल्ला

२८ असार २०७८, सोमबार ०२:००

असार २८, काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् । प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर संक्रमण पत्ता लाग्नेदर २२ दशमलव ३ प्रतिशत रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेको छ । जसमध्ये २३ हजार ४ सय ७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७ सय २ संस्थागत आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलसनमध्ये ५ सय ५३ जना आईसीयूमा र १ सय ७५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर ३ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्ला नौवटा छन् । जसअन्तर्गत प्रदेश १ कोे मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्की रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना महामारी अझै समाप्त नभएको भन्दै हेलचेक्र्याइँ नगर्न आग्रह गरेको छ । अधिकांश जिल्लामा १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

विगत १४ दिनमा कास्की, स्याङजा काठमाडौं, चितवन, प्युठान, डोल्पा, कञ्चनपुर, बझाङ, बाजुरा, मुगुमा संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या घटे पनि जोखिम अझै कायम रहेको भन्दै हेलचेक्र्याइँ नगर्न र जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न सरकारले आग्रह गर्दै आएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह