२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कोरोना संक्रमणदर धेरै भएका नौ जिल्ला

२०७८, २८ असार सोमबार ०२:००

असार २८, काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् । प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर संक्रमण पत्ता लाग्नेदर २२ दशमलव ३ प्रतिशत रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेको छ । जसमध्ये २३ हजार ४ सय ७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७ सय २ संस्थागत आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलसनमध्ये ५ सय ५३ जना आईसीयूमा र १ सय ७५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर ३ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्ला नौवटा छन् । जसअन्तर्गत प्रदेश १ कोे मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्की रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना महामारी अझै समाप्त नभएको भन्दै हेलचेक्र्याइँ नगर्न आग्रह गरेको छ । अधिकांश जिल्लामा १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

विगत १४ दिनमा कास्की, स्याङजा काठमाडौं, चितवन, प्युठान, डोल्पा, कञ्चनपुर, बझाङ, बाजुरा, मुगुमा संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या घटे पनि जोखिम अझै कायम रहेको भन्दै हेलचेक्र्याइँ नगर्न र जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न सरकारले आग्रह गर्दै आएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार