३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुम्रपानमाथि व्यापक कडाइ ! अब चुरोट किन्‍नै नपाउने !

२३ मंसिर २०७८, बिहीबार ०९:४५

मंसिर २३, काठमाडौं | धुम्रपान निर्मूल पार्ने राष्ट्रिय लक्ष्य हासिलका लागि आगामी पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ बिक्रीमाथि न्यूजिल्याण्डले प्रतिबन्ध लगाउने भएको छ । बिहीबार न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले धुम्रपानमाथि व्यापक कडाइ गर्ने घोषणा गरेको हो।

सोही घोषणाअन्तर्गत एक कानुन ल्याएर नयाँ पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाउन लागेको बीबीसीले जनाएको छ ।आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको एक कानुन अनुसार सन् २००८ पछि जन्मेका व्यक्तिले चुरोट वा सूर्तीजन्य पदार्थ किन्न सक्ने छैनन्। बिहीबारको घोषणामा सूर्तीजन्य पदार्थ नियन्त्रणका विभिन्न उपाय उल्लेख गरिएको छ ।

यसअन्तर्गत चुरोट बिक्री हुने स्थानको संख्या व्यापक घटाइने छ । चुरोट बिक्री हुने हालका ८ हजार स्थानलाई घटाएर ५ सय मा झारिने अधिकारीहरूले बताएका छन् । त्यस्तै सुपरमार्केट र कर्नर स्टोरमा चुरोट राख्न पाइने छैन।

स्वास्थ्य मन्त्री डा. आयशा भेरालले भनिन्, ‘युवापुस्ताले कहिल्यै धुम्रपान सुरु नगरुन् भनेर सुनिश्चित गर्न चाहन्छौं’। न्यूजिल्याण्डका चिकित्सक र स्वास्थ्य विज्ञले सूर्तीजन्य पदार्थसम्मको पहुँच सीमित पार्ने र चुरोटमा निकोटिन बन्देज गर्ने सरकारी कदमको स्वागत गरेका छन् ।

‘यसले मानिसलाई चुरोट छोड्न वा कम हानिकारक पदार्थ सेवन गर्न सघाउने छ’, ओटागो विश्वविद्यालयकी प्राध्यापक ज्यानेट हूकले बताइन्, ‘त्यस्तै, युवा पुस्ता निकोटिनको लतमा फँस्ने संभावना पनि कम हुन्छ ।’

न्यूजिल्याण्डले सन् २०२५ सम्म राष्ट्रिय धुम्रपान दरलाई ५ प्रतिशतमा घटाउने र अन्तत: निर्मूल पार्ने लक्ष्य राखेको छ । हाल त्यहाँका १३ प्रतिशत वयस्कले धुम्रपान गर्छन् । जुन दर एक दशकअघि १८ प्रतिशत थियो । स्वास्थ्य मन्त्रालयका अनुसार २५ प्रतिशत क्यान्सर धुम्रपानका कारण हुने र धुम्रपान नै मृत्युको एउटा मुख्य कारण बन्दै आएको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’