१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रजनन् तथा स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्था संशोधन गर्न माग

१५ पुष २०७८, बिहीबार ११:०१

 पुस १५, काठमाडौँ | रासस | मुलुकी अपराधसंहिताका केही प्रावधान संशोधन नहुँदा महिलाको प्रजनन तथा स्वास्थ्य अधिकारमा बाधा पुगेको भन्दै चाँडो संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ । 

संहिताको संशोधन प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ । कानुन मन्त्रालयबाट चाँडो संशोधन प्रक्रिया अघि बढाउन सरोकार भएका निकायले माग गरेका हुन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा संहिताको दफा १८८ अनुसार सम्बन्धितको स्वीकृतिमा गर्भपतन गर्दा पनि प्रहरीले  चिकित्सकमाथि मुद्दा चलाउन सक्ने प्रावधान हुँदा कार्यान्वयनमा समस्या आएको जानकारी गराइएको छ ।

संहितामा उल्लेख गरिएको गर्भपतनसम्बन्धी परिभाषा परिवर्तन नभएसम्म समस्या रहिरहने भएकाले  चाँडो समस्या समाधान गर्न माग गरिएको अधिवक्ता नवीनकुमार श्रेष्ठले बताउनुभयो । केही स्थानीय तहले भने अहिले पनि सुरक्षित गर्भपतन सेवा लिनेलाई सहयोग गर्दै आएका छन् । मञ्चले गरेको अध्ययनमा डोटीको केआइ सिंह गाउँपालिकाले सुरक्षित गर्भपतन सेवा लिन चाहनेलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । भूकम्प, नाकाबन्दी र कोरोनापछिको बन्दाबन्दीका समयमा सुरक्षित गर्भपतन एवं प्रजनन स्वास्थ्य अधिकारबाट सेवाग्राही वञ्चित भएको अध्ययनका क्रममा भेटिएको मञ्चले जनाएको छ । 

 अछामको दुई स्थानीय तहले छाउपडी गोठको सट्टा रुपान्तरण गृह स्थापना गरेर सहज सेवा प्रदान गरेका छन् । पश्चिम नेपालमा महिनावारी भएका बेला छाउपडी गोठमा बस्दा धेरै महिला पीडित हुन थालेपछि स्थानीय सरकारले रुपान्तरण गृहमार्फत् छाउपडी प्रथा हटाउन काम गरेको कार्यक्रममा जानकारी गराइयो । रुपान्तरण गृहका माध्यमबाट छाउपडी प्रथामा सुधार गरी महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी त्यहाँका स्थानीय तहले काम गरेको मञ्चले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का