२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रजनन् तथा स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्था संशोधन गर्न माग

२०७८, १५ पुष बिहीबार ११:०१

 पुस १५, काठमाडौँ | रासस | मुलुकी अपराधसंहिताका केही प्रावधान संशोधन नहुँदा महिलाको प्रजनन तथा स्वास्थ्य अधिकारमा बाधा पुगेको भन्दै चाँडो संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ । 

संहिताको संशोधन प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ । कानुन मन्त्रालयबाट चाँडो संशोधन प्रक्रिया अघि बढाउन सरोकार भएका निकायले माग गरेका हुन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा संहिताको दफा १८८ अनुसार सम्बन्धितको स्वीकृतिमा गर्भपतन गर्दा पनि प्रहरीले  चिकित्सकमाथि मुद्दा चलाउन सक्ने प्रावधान हुँदा कार्यान्वयनमा समस्या आएको जानकारी गराइएको छ ।

संहितामा उल्लेख गरिएको गर्भपतनसम्बन्धी परिभाषा परिवर्तन नभएसम्म समस्या रहिरहने भएकाले  चाँडो समस्या समाधान गर्न माग गरिएको अधिवक्ता नवीनकुमार श्रेष्ठले बताउनुभयो । केही स्थानीय तहले भने अहिले पनि सुरक्षित गर्भपतन सेवा लिनेलाई सहयोग गर्दै आएका छन् । मञ्चले गरेको अध्ययनमा डोटीको केआइ सिंह गाउँपालिकाले सुरक्षित गर्भपतन सेवा लिन चाहनेलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । भूकम्प, नाकाबन्दी र कोरोनापछिको बन्दाबन्दीका समयमा सुरक्षित गर्भपतन एवं प्रजनन स्वास्थ्य अधिकारबाट सेवाग्राही वञ्चित भएको अध्ययनका क्रममा भेटिएको मञ्चले जनाएको छ । 

 अछामको दुई स्थानीय तहले छाउपडी गोठको सट्टा रुपान्तरण गृह स्थापना गरेर सहज सेवा प्रदान गरेका छन् । पश्चिम नेपालमा महिनावारी भएका बेला छाउपडी गोठमा बस्दा धेरै महिला पीडित हुन थालेपछि स्थानीय सरकारले रुपान्तरण गृहमार्फत् छाउपडी प्रथा हटाउन काम गरेको कार्यक्रममा जानकारी गराइयो । रुपान्तरण गृहका माध्यमबाट छाउपडी प्रथामा सुधार गरी महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी त्यहाँका स्थानीय तहले काम गरेको मञ्चले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने