२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झन्डै ७० हजार संक्रमितमा गरिएको अमेरिकी अध्ययनले ओमिक्रोनबारे के भन्छ?

२८ पुष २०७८, बुधबार ०९:३६

पुस २८, काठमाडौँ | नेपाल अहिले कोरोनाभाइरसको तेस्रो लहरको सम्मुखमा छ। केही दिनयता कोरोनाका संक्रमित ह्वात्तै बढेका छन्। ओमिक्रोन भेरियन्टको त्रासबीच संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको छ।

मंगलबारमात्र नेपालमा २ हजार ४ सयभन्दा बढी संक्रमित थपिएका छन्। संक्रमितको संख्या आउने दिनमा थपिने निश्चित छ। जर्जर स्वास्थ्य प्रणाली भएको नेपालमा एकैदिन फेरि हजारौं मानिस संक्रमित भए भने धान्न नसकिएला कि भन्ने डर छ।

डढेलोसरी फैलिने ओमिक्रोन भेरियन्टको संक्रमणले आगामी दिनमा के होला भन्ने अनिश्चितता भइरहेका बेला अमेरिकामा गरिएको एक अध्ययनबाट भने राहत दिने  खालको निष्कर्ष निस्किएको छ।

द न्युयोर्क टाइम्सका अनुसार दक्षिण क्यालिफोर्नियामा झन्डै ७० हजार कोरोना संक्रमितमा गरिएको अध्ययनले ओमिक्रोन भेरियन्ट कोरोनाका अरू भेरियन्टभन्दा कम खतरनाक भएको देखाएको छ।

अमेरिकामा ठूलो स्वास्थ्य प्रणाली चलाउने काइसर पर्मानेन्टेले नोभेम्बर ३० देखि जनवरी १ सम्म ६९ हजार २ सय ७९ जना कोरोना संकमितको विवरण संकलन गरेको थियो। उनीहरू सबैलाई कोरोनाका लक्षणहरू देखिएका थिए। अरू नै कारणले अस्पतालमा पुगेका तर जचाउँदा कोरोना पोजेटिभ देखिएकाहरूलाई यो अध्ययनमा समावेश गरिएको थिएन।

उनीहरूमध्ये ५२ हजार जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका इपिडिमियोलोजिस्ट तथा उक्त अध्ययन रिपोर्टका लेखक डाक्टर जोसेफ लेनवार्डका अनुसार ती ५२ हजारमध्ये एक जना पनि यो अवधिमा भेन्टिलेटरमा गएनन्।

डेल्टाको तुलनामा ओमिक्रोन भएका आधा मानिसमात्रै अस्पताल गए। अस्पताल गएकाहरू पनि डेल्टा संक्रमितभन्दा निकै कम समयमै घर फर्किए। उक्त अध्ययनका अनुसार ओमिक्रोन संक्रमितहरू औसतमा तीन दिन अस्पताल बसे जबकी डेल्टाका संक्रमित औसतमा १० दिन अस्पतालमा बस्थे।

मृत्यु हुनेको संख्या पनि डेल्टाका संक्रमितभन्दा निकै कम देखियो। डेल्टा संक्रमण हुँदाभन्दा ओमिक्रोन संक्रमण हुँदा मृत्यु हुने सम्भावना ९१ प्रतिशत कम देखियो।

यसअघि दक्षिण अफ्रिका, बेलायत र स्कटल्यान्डमा गरिएका अध्ययनहरूले पनि ओमिक्रोन भेरियन्ट कम खतरनाक भएको देखाएका थिए।

ओमिक्रोनले संक्रमितलाई धेरै असर नगर्नुका पछाडि खोपको प्रतिरोधात्मक क्षमताले पनि काम गरेको हुन सक्ने वैज्ञानिकहरूको बुझाइ छ। डाक्टर लेनवार्ड र उनका साथीहरूले गरेको अध्ययनले पनि खोप नलगाएका मानिसभन्दा खोप लगाएकाहरूको अस्पताल जानै पर्ने अवस्था आउने सम्भावना ६४ देखि ७३ प्रतिशतसम्म कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव