२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमिक्रोन भेरियन्टबारे जान्नै पर्ने १४ कुरा, कसरी सजग बन्ने ?

२०७८, २८ पुष बुधबार ११:२०

पुस २८, काठमाडौँ | नेपालमा कोरोना ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको छ।

१.यो निकै छिटो फैलिन सक्छ।

२. खोप लगाएकालाई पनि सर्न सक्छ।

३. अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ।

४. सामान्यतया पहिलेका भन्दा मत्थर भए पनि केही व्यक्तिमा गम्भीर समस्या आई पर्न सक्छ।

५. संख्यात्मक वृद्धि हुँदै गर्दा गम्भीर लक्षणका बिरामीको संख्या पनि बढ्दै जान्छ जसले गर्दा स्वास्थ्य संस्थानमा चाप बढ्ने हुन्छ।

६. पहिलेको जस्तो उपचारको अभावमा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजन, लगायतका आधारभूत आवश्यकताको जोहो गर्न स्वास्थ्य सेवा प्रदायक लाई आवस्यक छ।

७. संक्रमितको सम्पर्कमा आएको थाहा हुन साथ आफूलाई आइसोलेट गरौं।

८. कन्ट्याक्ट ट्रेसिङ र टेस्टको दायरा बढाएर गरेर सकेसम्म धेरै संक्रमितलाई पहिचान गरौं।

९. हवाई वा स्थल नाका बाट छिर्ने सबैलाई अनिवार्य पिसिआर गर्ने व्यवस्थापन गरौं।

१०. खोप अभियान तिब्र पारौं। स्मरण रहोस् खोप लगाएको २/४ हप्ता पछि मात्र खोपले पूर्ण सुरक्षा दिन थाल्छ।

११. जोखिम समूहमा रहेका सबैले अविलम्ब बुस्टर खोप लगानुपर्छ।

१२. मास्कको प्रयोग अनिवार्य गरौं।

१३. फेरि लकडाउन र बन्द गर्नु पर्ने स्थिति आउन दिनु हुँदैन।

१४. यसपालि त जागरुक बनौं।

(डा. सुदिप खड्का भाइरोलोजिस्ट हुन्)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर