२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना खोप लक्ष्यउन्मुख बुस्टर डोज दिन सुरु

३ माघ २०७८, सोमबार १०:३९

माघ ३, काठमाडौँ | सरकारले कोरोना भाइरसविरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महिनाअघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको थियो र पुस मसान्तसम्म लक्षित समुदायको दुई तिहाइ जनसङ्ख्यालाई खोप दिने लक्ष्य लिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले ७९.५ प्रतिशत पहिलो मात्रा र करिब ६१ प्रतिशत पूर्ण मात्राको खोप लगाएको छ । दुई तिहाइ ६६ प्रतिशतमध्ये पहिलो मात्रा लक्ष्य भन्दाबढी अर्थात् ७९.५ प्रतिशत हो भने पूर्ण मात्रा पनि लक्ष्यको नजिक पुगेको छ । 

सरकारले लिएको खोपको लक्ष्यअनुसार कार्यक्रममा सफलता पाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्मको तथ्याङ्क हेर्दा मनाङ, मुस्ताङ र कास्कीमा शतप्रतिशत खोप दिइएको छ । सरकारले पुस मसान्तभित्र लक्ष्य जनसङ्ख्याको दुई तिहाइ र आगामी चैत मसान्तसम्म १६ वर्ष माथिका सबैलाई खोप लगाउने लक्ष्य लिएको छ । 

यता सरकारले अग्रपङ्क्तिमा काम गर्नेलाई ‘बुस्टर’ डोज दिन थालेको छ । यस्तै माघ १४ गतेदेखि ६० बर्षभन्दा माथिका सवै ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई ‘बुस्टर’ डोज दिने भएको हो । सो कार्य सुरु भइसकेको छ । सरकारले १८ वर्षभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो मात्रा एक करोड ५८ लाख ३७ हजार ६७१ जना र पूर्ण मात्रा एक लाख २१ हजार २७ लाख ८२९ जनाले लगाएका छन् । कुल जनसङ्ख्याको भने पहिलो मात्रा ५२.१ प्रतिशत र पूर्ण मात्रा ३९.९ प्रतिशतले लगाएका छन् । 

यस्तै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मन्त्रालयले मोडर्ना र फाइजर खोप लगाइरहेको छ । बालबालिकालाई अहिलेसम्म ५२ प्रतिशत पहिलो मात्रा र ०.१ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो ।  

बागमती र गण्डकी प्रदेशले लक्ष्यअनुसारको खोप

उहाँकाअनुसार प्रदेशअनुसार बागमती र गण्डकीले लक्ष्यअनुसार खोप लगाइसकेका छन् । वागमती प्रदेशले पहिलो मात्रा ८२ प्रतिशत र पूर्ण मात्रा ७६ प्रतिशत तथा गण्डकी प्रदेशले पहिलो मात्रा ८३ प्रतिशत र पूर्ण मात्रा ८२ प्रतिशतले खोप लगाइसकेका छन् । 

प्रदेश नं १ ले पहिलो मात्रा ७४ प्रतिशत र पूर्ण मात्रा ५४ प्रतिशत, प्रदेश नंं २ ले पहिलो मात्रा ५७ प्रतिशत र पूर्ण मात्रा ४८ प्रतिशत, लुम्बिनी प्रदेशले पहिलो मात्रा ७३ प्रतिशत र पूर्ण मात्रा ५७ प्रतिशत, कर्णाली प्रदेशले पहिलो मात्रा ५६ प्रतिशत र पूर्ण मात्रा ५१ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशले पहिलो मात्रा ६४ प्रतिशत र पूर्ण मात्रा ५९ प्रतिशतले खोप लगाइसकेका छन् ।

मनाङ, मुस्ताङ र कास्कीले शतप्रतिशतलाई खोप

महाशाखाका निर्देशक डा लालका अनुसार मनाङ, मुस्ताङ र कास्कीले जिल्लाले पूर्ण मात्राको शतप्रतिशत नै खोप लगाइसकेका छन् भने बाजुरा जिल्लाले पहिलो मात्रा खोप लक्षित वर्गको शतप्रतिशतलाई खोप लगाइसकेको छ । 

गण्डकी प्रदेशमा नवलपरासी (पूर्व)ले बाहेक सबै जिल्लाले लक्ष्यअनुसार दुई तिहाइ जनसङ्ख्यालाई खोप लगाइसकेका छन् । प्रदेश नंं १ का ताप्लेजुङले ६६.४ प्रतिशत, सङ्खुवासभाले ७७.६ प्रतिशत र ओखलढुङ्गाले ६९.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । प्रदेश नं २ का कुनै पनि जिल्लाले लक्ष्यअनुसारको पहिलो र पूर्ण मात्राको खोप लगाएका छैनन् ।

बागमती प्रदेशका धादिङ, नुवाकोट, सिन्धुली र मकवानपुरबाहेक सबै जिल्लाले पूर्ण मात्राको खोप लक्ष्यअनुसार दुई तिहाइ जनसङ्ख्यालाई लगाइसकेका छन् । उपत्यकाका काठमाडौँ ९०.६ प्रतिशत, भक्तपुरमा ९२ प्रतिशत र ललितपुरले ८४.९ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्राको खोप दिइसकेको छ । 

यस्तै लुम्बिनी प्रदेशमध्ये रोल्पाले ६९.८ प्रतिशत, अर्घाखाँची ६६.६ प्रतिशत, पाल्पा ८०.२ प्रतिशत, रुपन्देही ७८.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाई लक्ष्यअनुसार खोप लगाएका छन् । यस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लाले मात्र पूर्ण मात्रा ६५.३ प्रतिशत र सुदूरपश्चिमको बाजुरा जिल्लाले पूर्ण मात्रा ७४.९ प्रतिशत, दार्चुलाले पूर्ण मात्रा ६८.४ प्रतिशत, कञ्चनपुर जिल्लाले पूर्ण मात्रा ७०.९ प्रतिशत लगाएको छ । 

३३ पालिकाले शतप्रतिशत खोप लगाए

उहाँका अनुसार ३३ स्थानीय तहले लक्षित जनसङ्ख्याको शतप्रतिशतलाई पूर्ण मात्राको खोप लगाएका छन् । ओखलढुङ्गाका सिद्धिचरण नगरपालिका र खिजीडेम्बा गाउँपालिका, झापाको कन्काई नगरपालिका र विर्तामोड नगरपालिका, दोलखाको गौरीशङ्कर गाउँपालिका र जिरी नगरपालिका, रसुवा गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाले शतप्रतिशतलाई खोप लगाइसकेका छन् । 

यस्तै काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका, भक्तपुरका भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकाले लक्षित जनसङ्ख्याको शतप्रतिशत खोप लगाएका छन् । 

यस्तै मकवानपुरको हेटाँडा उपमहानगरपालिका, गोर्खाको गोरखा नगरपालिका र धार्चे गाउँपालिका तथा गण्डकी गाउँपालिका, मनाङको नामे र नासोङ गाउँपालिका, मुस्ताङका पाँचैवटा स्थानीय तहले पनि शतप्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

कास्की जिल्लाको पोखरा उपमहानगरपालिका, मादी र रुपा गाउँपालिका, तनहुँको व्यास नगरपालिका, स्याङ्जाको पुतलीबजार र भिरकोट नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ । 

यस्तै पहिलो मात्रा शतप्रतिशत लक्षित समूहलाई खोप लगाइसकेको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाले मात्र पूर्ण मात्राको खोप पनि शतप्रशितल लक्षित समूहलाई लगाइसकेको छ । बैतडीको पाटन नगरपालिकाले ९९.३ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य