माघ ५, भजनी | भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, भजनी | भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

५ माघ २०७८, बुधबार ०४:५८

माघ ५, भजनी | भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ । 

भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किनुभयो । “भर्खर काममा लागेको थिएँ, कोरोनाको सङ्क्रमण बढेपछि छाडेर फर्किनुप¥यो”, उहाँले भन्नुभयो, “पहिलो वर्ष महिनौ बन्दाबन्दीमा काम नगरी बस्दाको पीडालाई सम्झेर फेरि पनि त्यस्तै हुने हो कि भन्ने डरले घर फर्केको हुँ ।”

अहिले सत्ती भन्सारबाट दैनिक सयौँ नागरिक घर फर्किन थालेका छन् । खक्रौला हेल्थ डेस्कका प्रमुख मकेन्द्र रोकायाका अनुसार माघीको एक–दुई दिन अगाडिसम्म दैनिक ५०० भन्दा बढी नेपाली सत्ती नाकाबाट प्रवेश गरेका छन् भने अहिले पनि सोही सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । उहाँले भारतबाट नेपाल आउने नागरिकलाई विशेष निगरानीमा राख्ने गरिएको बताउनुभयो । शङ्कास्पद व्यक्तिको एन्टिजेट परीक्षण गर्ने र खोप नलगाएकालाई सीमामै खोप लगाएर पठाउने गरिएको छ । 

“कोरोना परीक्षण गर्ने गरेका छौँ, परीक्षणका क्रममा कसैलाई पोजेटिभ देखिए टीकापुर अस्पतालबाट एम्बुलेन्स मगाएर टीकापुरमै होल्डिङ सेन्टरमा राख्ने गरेका छौँ”, रोकायाले भन्नुभयो, “भारतबाट आउने वा भारत जाने नागरिकका लागि खोपकार्ड अनिवार्य गरेका छौँ, खोप नलगाएकालाई लगाएर पठाउने गरेका छौँ ।”

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले कोरोनाको सङ्क्रमण बढ्न थालेको अवस्थामा सीमानाकामा कडाइ गरिनुपर्ने बताउनुभयो । सत्ती भन्सार कार्यालयस्थित हेल्थ डेस्कको अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले भारतबाट आउने नेपाली नागरिकको सीमा क्षेत्रमै कोरोना परीक्षण तथा खोप नलगाएकालाई खोपको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “पहिलेभन्दा अहिलेको सङ्क्रमणदर उच्च छ, सबैले स्वास्थ्य सावधानी अपनाउन सकेमात्रै हामी कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित हुन सक्छौँ, सीमानाकामा सावधानी अपनाउन आवश्यक छ । भारतबाट आउनेलाई सीमामै निगरानी गन सके सङ्क्रमण गाउँगाउँमा फैलिने जोखिम कम गर्न सकिन्छ”, रावलले भन्नुभयो ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले सत्ती भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि नगरपालिकाले विशेष सावधानी अपनाएको बताउनुभएको छ । उहाँले नागरिकको आगमन चापलाई हेरेर हेल्थ डेस्कमा तीन स्वास्थ्यकर्मी  खटाइएको बताउनुभयो । “दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म हेल्थ डेस्कबाट सेवा प्रवाह हुँदै आएको छ । भारतबाट आउने तथा जानेको तथ्याङ्क राख्ने गरेका छौँ ।” खुला सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले निगरानी गर्ने गरेका छन् । “कोरोना जोखिम कम गर्न प्रयासरत छौँ”, रावलले भन्नुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ