माघ ५, बैतडी | पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित  बढ्दै गएका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, बैतडी | पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित  बढ्दै गएका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सङ्क्रमित बढ्दै

५ माघ २०७८, बुधबार ०७:००

माघ ५, बैतडी | पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित  बढ्दै गएका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ । उहाँले भन्नुभयो,“भारतसँग सीमा जोडिएकोले जिल्ला पनि उच्च जोखिममा छ ।” हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ पुगिसकेका छन् ।  

सो कार्यालय स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १७ जना छन् ।  यस्तै पाटन , पुर्चौंडी र मेलौली नगरपालिकामा क्रमशः सात ,चार र दुई पञ्चेश्वरमा छ,सिगासमा दुई, सुर्नया एक, शिवनाथ गाउँपालिकामा एक  जना छन् । सक्रिय सङ्क्रमित सबै होम आइसोलेशनमा छन् । 

यसैबीच दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमित शून्य छन् । यी पालिकामा हाल एकजना पनि सक्रिय सङ्क्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।  

सिमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गरिँदैछ । सो नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत परीक्षण गरिन लागिएको हो । कोरोना सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डपालना गर्न आग्रह गरिएको छ । जिल्लाका हालसम्म सङ्क्रमणकै कारण १९ जनाले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य