माघ ५, काठमाडौँ | सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौँ | सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरस"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

औषधि पर्याप्त छ : मन्त्रालय

२०७८, ५ माघ बुधबार १२:०१

माघ ५, काठमाडौँ | सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताउनुभयो ।

हाल नेपालमा सिटामोललगायत कुनै पनि औषधिको अभाव नरहेको उहाँको भनाइ छ । उहाँका अनुसार स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल छ ।

मन्त्रालयले सिटामोललगायत औषधिको तत्काल अद्यावधिक गर्नका लागि सबै सरकारी अस्पताल, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइरहेको छ । “यदि कुनै सरकारी अस्पतालका सिटामोल औषधि कम हुन आएमा नेपाल औषधि लिमिटेडसँगै सिधै सम्झौता गरी खरिद गर्न सकिने छ”, उहाँले भन्नुभयो, “सोहीअनुसार औषधि खरिद गरी बिरामीलाई सहज बनाउन हुन सबै सरकारी अस्पताललाई अनुरोध छ ।”

यसका साथै स्वास्थ्य सेवा विभागले पनि सिटामोललगायत अन्य अत्यावश्यक औषधिको पनि खरिद प्रक्रिया अगाडि बढाइसकेको उहाँको भनाइ रहेको छ । ठूला अस्पताल र प्रादेशिक अस्पताललाई  पनि अत्याश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन