२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

७ माघ २०७८, शुक्रबार ०६:२१

माघ ७, महेन्द्रनगर | कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् ।

तेस्रो चरणको ओमिक्रोन भेरिएन्टको सङ्क्रमण बढिरहेका बेला स्वास्थ्यकर्मीहरुले सरकारले उपलब्ध गराउने जोखिम भत्ता पाउने विषयमा अझै अन्यौल रहेको बताएका हुन् । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत अहेव गोपालदत्त पन्तले कोरोनाको दोस्रो लहरका बेला दुई महिनाको मात्रै जोखिम भत्ता पाएको बताउनुभयो ।

“पहिलो लहरमा सरकारले चार महिनाको सतप्रतिशत भत्ता स्वास्थ्यकर्मीलाई दिएको थियो ।” उहाँले भन्नुभयो, “दोस्रो लहरमा अझै दुई महिनाको भत्ता पाइएको छैन ।” यहाँका पालिकास्तरका  स्वास्थ्यकर्मीले भने पहिलो लहरका बेलाको मात्रै जोखिम भत्ता पाएको बताएका छन् ।

स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्र्पक व्यक्ति सिद्धराज भट्टले स्वास्थ्यकर्मीले सरकारले निर्धारण गरेको जोखिम भत्ता नपाएको बताउनुभयो । “यहाँ पालिकापिच्छे केहीले केही महिनाको पाए पनि सबैले भत्ता पाउन सकेका छैनन् ।” उहाँले भन्नुभयो, “नदिने भनेको छैन, दिन ढिलाइ भएकै हो ।”गत असारमा सरकारले स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा