२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारीः महनगरप्रमुख पराजुली

७ माघ २०७८, शुक्रबार ०८:५५

माघ ७, मोरङ | विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ ।महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज  ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन शय्याको  व्यवस्थापन तथा  सीमा नाकामा एक दर्जन चिकित्सक परिचालन गरी  एन्टिजेन परीक्षणको दायरा बढाउनाका साथै   आवश्यक हेल्थ डेस्कको व्यवस्था मिलाइएको बताउनु भएको हो ।

उहाँले  विराटनगर रानीस्थित भारतीय सीमा नाका भएर नेपाल प्रवेश गर्ने सम्पूर्ण व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।यसैगरी   महानगरपालिकाका १९ वटै वडामा खोप केन्द्रमार्फत नियमित  खोपको  व्यवस्था मिलाउनाका साथै कोभिडविरुद्ध सचेतना  फैलाउन माइकिङ, पर्चापम्प्लेट तथा माक्स वितरणलगायत  स्वास्थ्य जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको महानगर प्रमुख पराजुलीले बताउनुभयो । 

कोभिड सङ्क्रमणको सङ्ख्या वृद्धिसँगै  खोप लगाउन आउनेहरुको चाप बढ्दै गएकाले खोप केन्द्र विस्तार गर्ने तयारीमा महानगरपालिका रहेको उहाँको भनाइ थियो । यसअघि खोप लगाउनेको सङ्ख्या कम भएकाले  खोप केन्द्रमा भीडभाड थिएन तर अहिले खोप लगाउनेको चाप एक्कासि वृद्धि हुँदा खोप केन्द्रमा भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्न महानगरपालिका लागिरहेको जानकारी दिँदै महानगर प्रमुख पराजुलीले  नियमित खोपको व्यवस्थासँगै पिसिआर परीक्षण सङ्कलनको कार्यलाई समेत निरन्तरता दिइरहेको बताउनुभयो ।  

प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड व्यवस्थापन नियन्त्रण रोकथामका लागि कसले के गर्ने भन्ने विषयमा सबैलाई आ–आफ्नो जिम्मेवारी दिइएकाले काम गर्न सहज भएको उहाँको भनाइ थियो ।कोभिड ओमिक्रोन छिटै  फैलिने भएकाले यसलाई सामान्य रुपमा नलिन र स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गर्दै महानगर प्रमुख पराजुलीले आगामी दिनमा ओमिक्रोनको असर धेरै बढ्नसक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउँदै अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला