८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारीः महनगरप्रमुख पराजुली

७ माघ २०७८, शुक्रबार ०८:५५

माघ ७, मोरङ | विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ ।महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज  ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन शय्याको  व्यवस्थापन तथा  सीमा नाकामा एक दर्जन चिकित्सक परिचालन गरी  एन्टिजेन परीक्षणको दायरा बढाउनाका साथै   आवश्यक हेल्थ डेस्कको व्यवस्था मिलाइएको बताउनु भएको हो ।

उहाँले  विराटनगर रानीस्थित भारतीय सीमा नाका भएर नेपाल प्रवेश गर्ने सम्पूर्ण व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।यसैगरी   महानगरपालिकाका १९ वटै वडामा खोप केन्द्रमार्फत नियमित  खोपको  व्यवस्था मिलाउनाका साथै कोभिडविरुद्ध सचेतना  फैलाउन माइकिङ, पर्चापम्प्लेट तथा माक्स वितरणलगायत  स्वास्थ्य जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको महानगर प्रमुख पराजुलीले बताउनुभयो । 

कोभिड सङ्क्रमणको सङ्ख्या वृद्धिसँगै  खोप लगाउन आउनेहरुको चाप बढ्दै गएकाले खोप केन्द्र विस्तार गर्ने तयारीमा महानगरपालिका रहेको उहाँको भनाइ थियो । यसअघि खोप लगाउनेको सङ्ख्या कम भएकाले  खोप केन्द्रमा भीडभाड थिएन तर अहिले खोप लगाउनेको चाप एक्कासि वृद्धि हुँदा खोप केन्द्रमा भीडभाड बढेकाले त्यसलाई व्यवस्थापन गर्न महानगरपालिका लागिरहेको जानकारी दिँदै महानगर प्रमुख पराजुलीले  नियमित खोपको व्यवस्थासँगै पिसिआर परीक्षण सङ्कलनको कार्यलाई समेत निरन्तरता दिइरहेको बताउनुभयो ।  

प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड व्यवस्थापन नियन्त्रण रोकथामका लागि कसले के गर्ने भन्ने विषयमा सबैलाई आ–आफ्नो जिम्मेवारी दिइएकाले काम गर्न सहज भएको उहाँको भनाइ थियो ।कोभिड ओमिक्रोन छिटै  फैलिने भएकाले यसलाई सामान्य रुपमा नलिन र स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गर्दै महानगर प्रमुख पराजुलीले आगामी दिनमा ओमिक्रोनको असर धेरै बढ्नसक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउँदै अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु राप्रपाका महामन्त्री धवल शमशेरले राप्रपाको आन्दोलन अब अझै सशक्त बन्ने बताए साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ