२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट

९ माघ २०७८, आईतवार ०५:३१

माघ ९, गलकोट | धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ ।
अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको सर्वेक्षणका क्रममा समेत  अस्पताल उत्कृष्ट घोषण भएको थियो । धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिनुभयो ।
उहाँसहितको समूहले धवलागिरि अस्पतालमा स्वास्थ्यकर्मीसँगको अन्तक्र्रियाका क्रममा अस्पतालले आफ्ना कमी–कमजोरी सुधार गर्दै न्यूनतम स्वास्थ्य मापदण्ड बढाउँदै लगेको, अहिलेसम्म निरन्तर उत्कृष्ट हुँदै आएको र यसपटक न्यूनतम स्वाथ्य मापदण्डका आधारमा ८४ अङ्क प्राप्त गरेको जानकारी गराएका थिए । विसं २०७७ का आवमा गरिएको एक सर्वेक्षणमा ६६ अङ्क प्राप्त गरेको सो अस्पतालले २०७८ असारमा गरिएको सर्वेक्षणमा ७३ अङ्क प्राप्त गरेको थियो । पुस मसान्तसम्म अस्पतालको अवस्थाको सर्वेक्षणका आधारमा ८४ अङ्क प्राप्त गर्दै  गण्डकी प्रदेशमै उत्कृष्ट भएको हो ।  सुरुको सर्वेक्षणमा न्यूनतम स्वास्थ्य मापदण्डका कमी–कमजोरीलाई सुधार गर्दै गएका कारण निरन्तर सर्वेक्षणको अङ्क बढाउदै उत्कृष्ट भएको धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।
“निरन्तरको सर्वेक्षण, सुझाव र छलफलबाट अस्पतालको विभिन्न विभागलाई सुधार गर्दै लगिरहेका छौँ । जस्तै फोहरको वैज्ञानिक व्यवस्थापन, बरिरङ्ग सेवा, इमर्जेन्सी विभाग र विपद् व्यवस्थापनमा धेरै परिवर्तन गरेका छौँ”, उहाँले भन्नुभयो, “ अस्पतालले जनताको स्वास्थ्य सेवामा क्रमशः गुणस्तर वृद्धि गराउँदै लैजाँदाको परिणाम नै प्रदेशकै उत्कृष्ट अस्पताल बन्नु हो ।” सर्वेक्षणमा अस्पतालका स–साना कमी–कमजोरी खोतल्ने र सुधारका लागि सुझाव दिने काम भइरहेको छ ।
सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्याङ्कनका आधारमा सो अस्पताल उत्कृष्ट हुँदै आएको छ । तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अङ्क प्रदान गरिन्छ । सो अस्पतालको न्यूनतम सेवा मापदण्डको चालु आवमा स्थलगत अनुगमन गरिएको थियो । प्रत्येक पटकको सर्वेक्षणमा अस्पतालको न्यूनतम सेवा मापदण्डअनुसारका काम भए÷नभएको र देखिएका कमी–कमजोरीलाई सुधार्न सल्लाह दिँदै आएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको सुझावअनुसार अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा र चुस्त व्यवस्थापन गर्दै आएको धवलागिरि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे