१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर

९ माघ २०७८, आईतवार ०८:४४

माघ ९, मान्म | कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ । सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । 

स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोना विरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको हो । घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताउनुभयो । जिल्लामा हालसम्म एक लाख २७ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । खोपको पहिलो मात्रा लगाउने ८१ हजार ९५३, दोस्रो मात्रा लगाउने ४५ हजार ८०७ तथा बुस्टर डोज लगाउने ३४० जना रहेको उहाँले जानकारी दिनुभयो ।

“खोप अभियानलाई जिल्लाभर तीव्र पारेका छौँ”, उहाँले भन्नुभयो । कर्णाली राजमार्ग वरपरको क्षेत्रका जितेगडा र लालीगाघाट बजार क्षेत्रमा खोप अयियान सञ्चालन गरिएको छ । हुम्ला, जुम्ला, मुगु र बाजुराको प्रवेशद्वार मानिने कर्णाली राजमार्ग क्षेत्रमा खोप अभियान सुरु गरिएको हो । जिल्लाभर हाल १८१ जना कोरोनाबाट सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा सांसद दीपक बोहराको निधन रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने  बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै लामिछाने पुनः सभापतिको जिम्मेवारीमा पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री म हिन्दूराष्ट्रको पक्षमा छुः शशांक कोइराला त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल घट्यो सिमेन्टको मूल्य महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु  रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब भारत पुगे राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, प्रहरी परिचालन गणतन्त्रवादीलाई राजेन्द्र लिङ्देनको प्रश्न : तपाईंहरू तोडफोड नगरी,मान्छे नमारी आएको हो ?