२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नोभे वैदेशिक रोजगार सुरक्षित टोल घाेषणा

२०७८, २४ चैत्र बिहीबार ०७:५५

चैत्र २४, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसाबले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहीबार नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । नोभे (दिक्तेलबारी)का ३३ घरमध्ये १३ घरबाट वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उलपब्धिमुलक बनाउने विधिका विषयमा पर्याप्त सूचना पाएको, विदेश गएका आफन्तको सम्पूर्ण कागजातको फोटोकपी घरमा राखेको, सीप र तालिम लिएर मात्र विदेश गएको, वित्तीय साक्षरता कक्षा पाएको, विदेशबाट भित्रिएको रेमिट्यान्सको सदुपयोग भएको लगायतका मापदण्ड पूरा भएपछि टोललाई वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको हो ।

हेल्भिटास नेपालको प्राविधिक सहयोगमा बाल सेवा समाज नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को सहजिकरण र वैदेशिक रोजगार सरोकार समाजको सक्रियतामा वैदेशिक रोजगार सुरक्षित टोल घोषणा अभियान सफल भएको हो । 

वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवारले सुरक्षित तरिकाले विदेश जाने प्रकृयादेखि वैधानिक मेनपावरबाट मात्र विदेश जाने, मेनपावर वा एजेन्टलाई बुझाएको रकमको भरपाई वा अन्य प्रमाण लिने, सरकारले खुला नगरेका देशमा मात्र जाने, विदेश जाँदाका प्रयोग भएका कागजपत्रको प्रतिलिपि घरमा छाड्ने, विदेशमा करार अवधिभन्दा बढी बस्न नहुने, समस्या परेकोबेला सहयोग गर्ने निकायका बारेमा जानकारी राख्ने लगायत जानकारी पाएको आधारमा वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको सामीका कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

वैदेशिक रोजगार सुरक्षित टोल अभियानका क्रममा १४ घरलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको, विदेशमा समस्यामा परेका एक जनालाई सहयोग गरिएको जनाइएको छ ।

दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यको उपस्थितिमा नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । आफ्नो टोल वैदेशिक रोजगार सुरक्षित टोल घोषणासँगै अन्य टोलका आप्रवासीलाई वैदेशिक रोजगार सुरक्षित बनाउने विषयमा जानकारी दिने नोभे (दिक्तेलबारी) वित्तीय साक्षरता समुहकी मुना आचार्यले बताइन् । 

पाँच वर्षअघि केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको अधिकारी टोल र तीन वर्षअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत गाउँलाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना