१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नोभे वैदेशिक रोजगार सुरक्षित टोल घाेषणा

२४ चैत्र २०७८, बिहीबार ०७:५५

चैत्र २४, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवार आर्थिक र सामाजिक हिसाबले सुरक्षित रहेको सुनिश्चिता भएपछि बिहीबार नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । नोभे (दिक्तेलबारी)का ३३ घरमध्ये १३ घरबाट वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उलपब्धिमुलक बनाउने विधिका विषयमा पर्याप्त सूचना पाएको, विदेश गएका आफन्तको सम्पूर्ण कागजातको फोटोकपी घरमा राखेको, सीप र तालिम लिएर मात्र विदेश गएको, वित्तीय साक्षरता कक्षा पाएको, विदेशबाट भित्रिएको रेमिट्यान्सको सदुपयोग भएको लगायतका मापदण्ड पूरा भएपछि टोललाई वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको हो ।

हेल्भिटास नेपालको प्राविधिक सहयोगमा बाल सेवा समाज नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को सहजिकरण र वैदेशिक रोजगार सरोकार समाजको सक्रियतामा वैदेशिक रोजगार सुरक्षित टोल घोषणा अभियान सफल भएको हो । 

वैदेशिक रोजगारमा संलग्न व्यक्ति तथा परिवारले सुरक्षित तरिकाले विदेश जाने प्रकृयादेखि वैधानिक मेनपावरबाट मात्र विदेश जाने, मेनपावर वा एजेन्टलाई बुझाएको रकमको भरपाई वा अन्य प्रमाण लिने, सरकारले खुला नगरेका देशमा मात्र जाने, विदेश जाँदाका प्रयोग भएका कागजपत्रको प्रतिलिपि घरमा छाड्ने, विदेशमा करार अवधिभन्दा बढी बस्न नहुने, समस्या परेकोबेला सहयोग गर्ने निकायका बारेमा जानकारी राख्ने लगायत जानकारी पाएको आधारमा वैदेशिक रोजगार सुरक्षित घोषणा गरिएको सामीका कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

वैदेशिक रोजगार सुरक्षित टोल अभियानका क्रममा १४ घरलाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको, विदेशमा समस्यामा परेका एक जनालाई सहयोग गरिएको जनाइएको छ ।

दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यको उपस्थितिमा नोभे (दिक्तेलबारी) टोललाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो । आफ्नो टोल वैदेशिक रोजगार सुरक्षित टोल घोषणासँगै अन्य टोलका आप्रवासीलाई वैदेशिक रोजगार सुरक्षित बनाउने विषयमा जानकारी दिने नोभे (दिक्तेलबारी) वित्तीय साक्षरता समुहकी मुना आचार्यले बताइन् । 

पाँच वर्षअघि केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको अधिकारी टोल र तीन वर्षअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत गाउँलाई वैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल