१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राशिफल

वैशाख १६ गते आईतवारको वैदिक राशिफल हेर्नुहोस्

१६ बैशाख २०८१, आईतवार ००:३२

बैशाख १६, काठमाडौँ | आजमिति २०८० साल वैशाख १६ गते आईतवार तदअनुसार अप्रिल  २८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्थी विहान ८ :३७ बजेसम्म तत्पश्चात पञ्चमी तिथी, मुल नक्षत्र, । शिव योग छ ।  चन्द्र राशि धनु । यो  शुभ योग हो ।

अभिजित् मुहूर्त: बिहान ११:३६ देखि १२:२८सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२८

• सुर्यास्त: बेलुका ०६:३६ बजे

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । छोटो दूरीको लाभदायक यात्रा तथा  शैक्षिक क्षेत्रमा सफलता मिल्ने समय छ।जोश, जाँगर र हिम्मत बढ्ने छ ।समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ६

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् ,  काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

• शुभ रंग: रातो

• शुभ अंक – ९

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ ।  सवारी चलाउँदा ध्यान दिनुहोला । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।   राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः १

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समय ठिकै छ ।  ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। जोश, जाँगर र उमंग बढ्नसक्छ. । आर्थिक कारोवारमा आशाजनक सफलता पाइएला । परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस। 

 शुभ रंग: सेतो

• शुभ अंक – ४

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ९

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय ठिकै छ  । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । कामको थालनी हुनेछ । समाज सेवामा मन लाग्नेछ ।  महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः १

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय मध्यम छ  । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला ।  मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ ।  सन्तानबाट सुख प्राप्त हुनसक्छ ।  विपरीत लिङ्गी मि त्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । प्रेम तथा परिवारमा सामान्य विवाद भने  हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः ६

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ ।  सन्तानबाट सुख प्राप्त हुनसक्छ ।  विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः कालो

शुभ अंक ः ३

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ  । खुशि मिल्नसक्ने समय छ । साथीभाइसँग जमघट तथा व्यवसायमा नयाँ अनुभब मिल्न सक्छ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ९

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ८

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समय राम्रो छ । चिताएको कामले तीव्रता लिनेछ । कला, साहित्यमा रुची बढ्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने समय छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

शुभ रगं ः निलो

शुभ अंक ः ३

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । स्वास्थ्यमा समस्या,सहकर्मीबाट विरोध र महत्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला ।  राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट